Friday, June 20, 2025

२०८२ असार ६, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पोखरामा ६ केजी ६९ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ


पोखरामा ६ केजी ६९ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

पोखरा—२ मोहोरियाटोलबाट स्रोत नखुलेको ६ केजी ६९ ग्राम सुनसहित भारतीय नागरिक सुरजित भौमिक मंगलबार पक्राउ परेका छन् ।

मोहोरियाटोलमा कवीन्द्रप्रसाद श्रेष्ठको घर भाडामा लिई कारोबार गरिरहेका उनको साथबाट उक्त परिमाणको सुन, ६ केजी चाँदी र नगद ६२ लाख ८१ हजार रूपैयाँ प्रहरीले बरामद गरेको हो ।

उक्त पसलमा अवैध रूपमा सुन तथा चाँदीका सामान तयार गरी बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक सुनिल मल्लको कमान्डमा खटिएको विशेष प्रहरी टोलीले सुरजितलाई पक्राउ गरेको थियो ।

भारतको पश्चिम बंगालस्थित मेदिनीपुर दासपुर—११ घर भएका ४० वर्षीय सुरजितले ३ तले घर भाडामा लिई विभिन्न किसिमका गरगहना तयार गरी बिक्री वितरण गर्ने गरेको कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले बताए। सुरजितलाई आवश्यक कानुनी कारबाहीका लागि बुधबार राजस्व अनुसन्धान विभाग ललितपुर पठाउने उनले जानकारी दिए।

उनका अनुसार सुरजितले लामो समयदेखि घरभाडामा लिएर सुन चाँदीको गरगहना बेचबिखन गर्दै आएका थिए । उनको साथबाट भारतको आधार कार्ड, विभिन्न बैंकका १३ थान चेकसमेत बरामद भएको छ ।