काठमाडौँ । बुधबार नेप्से परिसूचक ९० दशमलव ७३ अंकले घटेर २ हजार ७ सय ३९ दशमलव ४६ अंकमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो ३ दशमलव २० प्रतिशतले घटेको हो । अघिल्ला दुई कारोबार दिन लगातार बढेको नेप्सेमा बुधबार भारी गिरावट आएको हो । उक्त दिन कारोबारमा आएकामध्ये ३१ कम्पनीको सेयर मूल्य बढ्यो, २१३ वटाको घट्यो र बाँकी १ वटाको स्थिर रहयो ।
उक्त दिन १ लाख ३७ हजार १ सय ६३ वटा कारोबारबाट २ करोड ६५ लाख ८४ हजार १९२ कित्ता सेयर किनबेच भए । ती किनबेचमा १२ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो । बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये सबैको परिसूचक घटेपछि समग्र नेप्सेमा भारी गिरावट आएको हो ।