काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न भएको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले आगामी असार १ गतेदेखि वैदेशिक रोजगारमा गएका नेपाली र असार २० गतेदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि आइपीओ निष्काशन गर्न लागेको हो ।
सर्वसाधारण समुहको १ करोड २० लाख कित्ता मध्ये ६ लाख कित्ता कर्मचारीहरुलाई १०० रुपैयाँ अंकित मूल्यमै बिक्री गर्ने छ । बाँकी एक करोड १४ लाख कित्ता सेयर भने १३६ रुपैयाँ ९१ पैसा प्रिमियम मूल्य थप गरी प्रति कित्ता २३६.९१ रुपैयाँको दरमा निष्काशन गर्नेछ ।
सर्वसाधारणलाई एक करोड २० लाख कित्ता सेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ४ अर्ब कायम पुग्नेछ । नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार कम्पनीले न्युनतम ५ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउनु पर्नेछ । यसका पश्चात पनि नपुग पूँजीको लागि कम्पनीले सेयरधनीहरूलाई बोनस सेयर वा हकप्रद सेयर वितरण गर्नुपर्ने देखिएको छ ।