Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दीर्घकालीन ऊर्जा सम्झौता नेपालको हितमा छः कुलमान घिसिङ


दीर्घकालीन ऊर्जा सम्झौता नेपालको हितमा छः कुलमान घिसिङ

काठमाडौं । नेपाल–भारतबीच भएको दीर्घकालीन ऊर्जा सम्झौता नेपालको हितमा रहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् ।
घिसिङले भारतसँगको दीर्घकालीन ऊर्जा सम्झौताबाट नेपालले लाभ लिन सक्ने बताएका हुन् ।


प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका थिए । कार्यकारी निर्देशक घिसिङले प्रारम्भिक ऊर्जा सम्झौताले नेपाललाई फाइदा पुग्ने बताए । उनले भने, ’प्रारम्भिक समझदारी भएको छ । यो नेपालको हितमा छ । यसलाई हामीले कार्यान्वयनको स्तरमा लैजान सक्नुपर्छ ।’


भारतको मन्त्रिपरिषद्बाट छिट्टै नै सम्झौता अनुमोदन गरेर दुई मुलुकबीच आदानप्रदान हुने बताइएको छ । समयको अभावले भारत सरकारले मन्त्रिपरिषद्बाट सम्झौता अनुमोदन गर्न नपाएको बताएको छ ।