Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको वार्षिक साधारण सभा र राष्ट्रिय महाधिवेशन बर्दिबासमा


क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको वार्षिक साधारण सभा र राष्ट्रिय महाधिवेशन बर्दिबासमा

काठमाडौं । क्रसर व्यवसायीहरुको छाता संगठन नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको वार्षिक साधारण सभा र राष्ट्रिय महाधिवेशन बर्दिबासमा हुने भएको छ । महोत्तरीको बर्दिबासमा साधारण सभा तथा महाधिवेशन कात्तिक ३० र मंसिर १ गतेसम्म हुने भएको हो । दुई दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले जनाएको छ ।

२०७० सालमा स्थापना भएको महासंघको कार्यसमिति २१ सदस्यीय हुने विधानमा व्यवस्था छ । कार्यकाल तीन वर्षको हुन्छ । २०७७ माघ २० गते बुटवलमा महाधिवेशनबाट सिताराम न्यौपानेको नेतृत्वमा नयाँ कार्य समिति चुनिएको थियो ।

सधारणा सभा तथा महाधिवेशनमा देशभरबाट करिब ७८० जना प्रतिनिधिहरुको सहभागिता रहने छ । बर्दिबासको साधारण सभा र महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको महासंघले जनाएको छ ।