Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्यो


अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्यो

काठमाडौं, श्रावण १० । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । एक महिनाकै अवधिमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १० डलरसम्म बढेको छ । विगत एक महिनादेखि कच्चा तेलको मूल्य ‘ट्रेन्ड’ उकालो लागेको छ । असार ९ गते डब्लूटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल ६९ डलर रहेकोमा साउन ९ गते ७८ डलर कायम भएको छ ।

त्यस्तै ब्रेन्ट तेलको मूल्य एक महिनामा प्रतिब्यारेल ६९ डलरबाट ७८. ९ डलर पुगेको छ भने मुर्बान तेलको मूल्य प्रतिब्यारेल ७४ बाट ८४ डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य महँगिदा प्रशोधित तेल आयात गर्ने नेपालमा त्यसको सिधा असर पर्ने गरेको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले अन्तर्राष्ट्रिय बजारको कच्चा तेलको मूल्य, आफ्नो लागत समेत समायोजनसहित प्रशोधित तेलको मूल्य निर्धारण गरी १५–१५ दिनमा नेपाल आयल निगमलाई सूची पठाउने गरेको छ ।

सो सूचीका आधारमा नेपालमा पनि स्वचालित प्रणालीबाट अब मूल्य समायोजन हुनेछ । जसले गर्दा भारतबाट बढेर मूल्यसूची आउँदा एक सातापछि नेपालमा पनि मूल्य बढ्न सक्ने छ । आयल निगमले अब स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्ने घोषणा गरिसकेको छ ।

भारतले पछिल्लो समय अन्य मुलुकको तुलनामा रुसबाट सबैभन्दा धेरै परिमाणमा कच्चा तेलको आयात गर्ने गरेको छ । भारतले जुन महिनामा रुसबाट औसत दैनिक २० लाख ब्यारेल कच्चा तेल भित्र्याएको ब्यापार स्रोतलाई उदृत गर्दै इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।