काठमाडौं । काठमाडौंको कीर्तिपुर नगाउँमा स्थीत दर्शन बचत तथा ऋण सहकारी संस्था लि.ले सदस्यहरुलाई KYM फारम भर्न सहजिकरण गरिदिन आग्रह गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सहकारी विभागले शेयरसदस्यहरुको KYM फारम भर्न ताकेता गरेको पछि दर्शन साकोसले फारम भर्न सदस्यहरुलाई आग्रह गरेको हो । संस्थाले विभागको निर्देशन अनुसार समयमै सम्पुर्ण शेयर सदस्यहरुलाई आआफ्नो विवरण भर्नकालागि सहजिकरण गरिदिन आग्रह गरेको सिइओ सुर्वण महर्जनले बताए ।
कति पय शेयरसदस्यहरुले फारम भरिरहेकाले अन्यले पनि तत्काल विवरण भर्न आग्रह गरे । संस्थाले सामाजिक सञ्जाल मार्फत KYM फारमको नमुना पनि सार्वजनिक गरेको छ । विभागले देशैभरिका सहकारीको अनुगमन हुने भएकाले सबै सदस्यको सम्पत्ति विवरण तयार गर्न निर्देशन दिएको हो । कति पय सहकारीहरुले विभागको निर्देशनको पालना नगरेको हुदा मंगलवार पुनः निर्देशन जारी गरेको थियो ।
विभागले निर्देशनमा भनेको छ, सहकारीमा आवद्ध सम्पूर्ण सदस्यहरुको सदस्य पहिचान फारम भरी अभिलेख स्पष्ट र व्यवस्थित गरी संस्थामा राख्न निर्देशन जारी गरेको हो । सहकारी संघ—संस्थाहरुको अनुगमन निरीक्षणमा सबै सदस्यहरुको फाराम भरे—नभरेको समेत अनुगमन गरिने छ ।
सम्पत्ति सुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा ७ क, सम्पत्ति सुद्धीकरण (मनी लाउण्डरिङ) निवारण नियमावली, २०७३ को नियम ४ र ५ तथा सहकारी विभागवाट सम्पति शुद्धीकरण निवारण सम्वन्धी सहकारी संघरसंस्थाहरुलाई जारी गरिएको (तेस्रो संशोधन सहित) निर्देशन, २०७४ को दफा ३ अनुसार सहकारी संघरसंस्थामा सदस्य हुन इच्छुक व्यक्तिको पहिचान तथा सम्पुष्टि गरेर मात्र सदस्य बनाउनु पर्ने व्यवस्था छ ।
सदस्यहरुको पहिचान गर्दा सदस्यहरुको विस्तृत विवरण फाराम भर्नु पर्ने र सो को नमूना सम्पति शुद्धीकरण निवारण सम्वन्ध सहकारी संघरसंस्थाहरुलाई जारी गरिएको (तेस्रो संशोधन सहित) निर्देशन, २०७४ मा छ ।