Monday, January 12, 2026

२०८२ पुष २८, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चार कम्पनीले शेयरधनीलाई लाभांश नदिने


चार कम्पनीले शेयरधनीलाई लाभांश नदिने

काठमाडौं । चार कम्पनीले शेयरधनीलाई लाभांश नदिने घोषणा गरेका छन्। चारवटै कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश नदिने घोषणा गरेका हुन्।

सिटी होटल, प्रोग्रेसिभ फाइनान्स, उन्नति सहकार्य लघुवित्त र फरवार्ड माइक्रोफाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश नबाँड्ने निर्णय गरेका हुन्।

यी कम्पनीले लाभांश प्रस्ताव विना नै साधारणसभा बोलाउने निर्णय गरेका छन्। गत आर्थिक वर्षमा आर्थिक मन्दिका कारण सूचीकृत कम्पनीहरुको नाफा प्रभावित भएको र नियामकीय कडाइले गर्दा समेत शेयरधनीलाई लाभांश बाँड्न सकेका छैनन्। गत वर्षको कमाइबाट लाभांश वितरण नगर्ने घोषणा गर्ने कम्पनीको सँख्या झण्डै दर्जन पुगिसकेका छन्।