Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

५१ हजार रकम सहित छ जनालाई पुरस्कृत गर्दै ‘भुवन चैत्य बसुन्धरा फाउण्डेसन’


५१ हजार रकम सहित छ जनालाई पुरस्कृत गर्दै ‘भुवन चैत्य बसुन्धरा फाउण्डेसन’

काठमाडौं, ३ साउन । ‘भुवन चैत्य बसुन्धरा फाउण्डेसन’ले जनही रू.५१ हजार सहित छ जनालाई पुरस्कृत गर्ने भएको छ ।

नेपाली सिनेमा क्षेत्रका तीन नारीरत्न वसुन्धरा भुसाल, भुवन चन्द र चैत्यदेवी सिंहको नाममा स्थापित ‘भुवन चैत्य बसुन्धरा फाउण्डेसन’ ले एक प्रेस विज्ञप्ति प्रकाशित गरि २०७८ र २०७९ सालको ‘भुवन चैत्य बसुन्धरा पुरस्कार’ का लागि छनोट भएका सर्जक, कलाकारहरुको नाम सार्वजनिक गरेको हो ।

०७८ सालको ‘हरिश–भुवन चन्द पुरस्कार’ विशिष्ट चलचित्रकर्मी श्री यादव खरेल र ०७९ सालको ‘हरिश–भुवन चन्द पुरस्कार’ विशिष्ट चलचत्रकर्मी श्री नीर शाहलाई अर्पण गर्ने निर्णय गरिएको छ । यसैगरि विशिष्ट सङ्गीतकर्मी श्री गणेश रसिकलाई २०७८ र विशिष्ट चलचित्रकर्मी अभिनेता श्री शिव श्रेष्ठलाई २०७९ सालको ‘चैत्यदेवी पुरस्कार’ अर्पण गर्ने निर्णय भएको छ । साथै विशिष्ट चलचित्रकर्मी अभिनेत्री श्री मिथिला शर्मालाई २०७८ साल र विशिष्ट चलचत्रिकर्मी अभिनेत्री श्री शर्मिला मल्ललाई २०७९ सालको ‘चेतनारायण–बसन्धरा भुसाल पुरस्कार’ अर्पण गर्ने निर्णय भएको छ । पुरस्कार साउनको तेस्रो हप्तामा विशेष समारोहको आयोजना गरी अर्पण गरिने छ ।’

वि.सं. २०७५ सालमा स्थापना भएको भुवन चैत्य बसुन्धरा फाउण्डेसनले नेपाली कला, संस्कृति र रङ्गमन्च, गीत, सङ्गीत, साहित्य, समाजसेवाका साथै नेपाली चलचित्रका विभिन्न विधाका सर्जक, श्रष्टा र व्यक्तित्वहरुको योगदान र साधनाको सम्मान गर्दै पुरस्कार र लिखत–पत्र अर्पण गर्दै आएको छ । पुरस्कारको राशी जनही रु. ५१,०००/– (एकाउन्न हजार रुपैया) रहेको छ ।