Saturday, May 04, 2024

२०८१ बैशाख २२, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

झर्‍यो सेयर बजार, बैंकिङ सूचक पनि न्यून बिन्दुमा


झर्‍यो सेयर बजार, बैंकिङ सूचक पनि न्यून बिन्दुमा

काठमाडौं । ब्याजदर निरन्तर घट्दो छ । वैशाख महिनामा पनि वाणिज्य बैंकहरूले ब्याजदर घटाएपछि व्यक्तिगत मुद्दतीमा औसत ७.०६ प्रतिशतमा झरेको छ । निरन्तर ब्याजदर घट्दै गएको छ, बैंकहरुमा लगानीयोग्य रकम पर्याप्त छ ।
सामान्यतः ब्याजदर र सेयर बजारको सम्बन्ध उल्टो हुने सिद्धान्त छ । ब्याजदर घट्दा सेयर बजार बढ्ने र ब्याजदर बढ्दा बजार घट्ने सिद्धान्त यतिबेला मिलिरहेको छैन । यो साताका सबै दिन बजार घट्यो । बिहीबार नेप्से १९७२ अंकमा रहेर कारोबार बन्द भयो ।

बैंकिङ सूचक करिब ४६ महिनाकै न्यूनतम विन्दुमा
बैंकिङ सूचक यतिबेला करिब ४६ महिना यताकै न्यूनतम बिन्दुमा झरेको छ । समग्र बजार परिसूचक नेप्से १८०० देखि २२०० बीचमा घुमिरहँदा अन्य क्षेत्रका सूचकहरु पनि उतारचढाव भइरहेका छन् । तर बैंकिङ सूचक भने १५ असार २०७७ यताकै न्यूनतम बिन्दुमा झरेको हो । बिहीबार बजार बन्द हुँदा बैंकिङ समूहको सूचक १०३७ अंकमा झरेको छ ।

१५ असार २०७७ मा १०१६ अंकमा रहेको बैंकिङ सूचक १० साउन २०७८ मा २१७५ अंकसम्म पुगेको थियो । त्यस वर्ष भदौ २ मा नेप्से परिसूचक पनि ३१९८ अंकसम्म पुग्यो । त्यतिबेला बैंकिङ समूहले नै बजारलाई उच्चतम अंकमा पु¥याएको थियो ।

भदौ २०७८ पछि समग्र बजारले ‘बियरिस ट्रेन्ड’ समात्यो, त्यही ट्रेन्डको लयमा बैंकिङ सूचक पनि घट्दै गयो । यसबीच पटक–पटक नेप्से परिसूचक १८०० आसपास आउँदै २२०० नजिकसम्म पुग्यो । तर, १८०० बाट तल झर्न सकेन, अहिले नेप्से २००४ अंकमा छ । तर, बैंकिङ सूचक ४६ महिनाकै न्यूनतम बिन्दुमा छ ।

बैंकिङ समूह लत्रिएकै कारण सेयर बजार माथि उठ्न नसकेको बजारका जानकार बताउँछन् । यस क्षेत्रका कम्पनीको सेयर संख्या अधिक हुनु, वित्तीय स्थिति र प्रतिफल दर कमजोर बन्दै जानुले बैंकिङ सूचक पनि घटिरहेको छ ।