Sunday, August 03, 2025

२०८२ श्रावण १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

माण्डु हाइड्रोको आइपीओ बाँडफाँड, ८ लाख ७२ हजार ८ सय ३७ जनाको आवेदन सदर


माण्डु हाइड्रोको आइपीओ बाँडफाँड, ८ लाख ७२ हजार ८ सय ३७ जनाको आवेदन सदर

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ बाँडफाँड गरेको छ । उक्त आइपीओ आज बिक्री प्रबन्धक प्रभु क्यापिटलले बाँडफाँड गरेको हो । क्यापिटलका अनुसार आइपीओमा कुल १० लाख १६ हजार ७ सय १४ जनाको आवेदन प्राप्त भएको थियो । जस मध्ये ८ लाख ७२ हजार ८ सय ३७ जनाको आवेदन सदर भएको थियो । १ लाख ४३ हजार ८ सय ७७ जना आवेदक शेयर पाउन अयोग्य भएका छन् ।

क्यापिटलका अनुसार मागभन्दा बढीको आवेदन परेकोले गोलाप्रथा मार्फत शेयर बाँडफाँड गरिएको छ । जस मार्फत १ लाख २० हजार ५ सय ३२ जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएको छ ।

कम्पनीले जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको २ प्रतिशत अर्थात २ लाख ७२ हजार ७३० कित्ता शेयर प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा बाँडफाँड नभएको ७९ लाख ३० कित्ता सहित गरी कुल १३ लाख ६ हजार ३०६ कित्ता शेयर निष्काशन गरेको थियो ।
सोमध्ये २८ हजार ८५३ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ भने ७२ हजार १३३ कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ।

कम्पनीले बाँकी रहेको १२ लाख ५ हजार ३२० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बाँडफाँड गरेको हो।

आइपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।