Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

विद्यालयलाई सहयोग गर्न लायन्स क्लबले ‘यम बरालः हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट’ गर्ने


विद्यालयलाई सहयोग गर्न लायन्स क्लबले ‘यम बरालः हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट’  गर्ने

काठमाडौं । लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रीन चार्टडले यहि कात्तिक १८ गते ‘यम बरालः हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट’ को आयोजना गर्ने भएको छ । गायक यम बरालको प्रस्तुति रहने कन्सर्टले नेपाली सँगीत र संस्कृतिलाई उजागर गर्न क्लबको यो प्रयासले भूमिका निभाउने क्लवले जनाएको छ ।

‘सामाजिक र साँस्कृतिक परिवर्तन लागि शिक्षा’ भन्ने अभिप्रायबाट सहयोग स्वरुप साँस्कृतिक कार्यक्रम गर्न लागिएको क्लवले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा क्लवकी अध्यक्ष कल्पना बस्नेतले बताइन् । कार्यक्रम राजधानीको प्रज्ञा भवनमा साँझ ५ बजेपछि हुनेछ ।

अत्याधिक चेपाङ, दलित, क्षेत्री र ब्रामण समुदायको वासस्थान रहेको धादिङको गजुरी गाउँपालिका-५ पिडामा रहेको डोल भञ्ज्याङ माबिमा क्लबले सहयोग गर्ने उदेश्यका साथ यो कार्यक्रम आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

विद्यालयमा पर्जा (चेपाङ) समुदायका १९६, तामाङ समुदायका २०० जनासहित ५४१ जना विद्यार्थीले सो विद्यालयमा अध्ययन गर्छन् । विद्यालय पृथ्वीराजमार्गको आदमघाटबाट दक्षिणतर्फ २० किलोमिटर टाढा दुर्गममा अवस्थित छ । क्लबले कार्यक्रमबाट संकलन भएको रकम सोही विद्यालयको भौतिक मर्मत संभारका लागि विद्यालयलाई हस्तान्तरण गर्ने योजना बनाइएको क्लवकी अध्यक्ष कल्पना बस्नेतले बताइन् ।

यस कन्सर्टको मुख्य प्रायोजक ब्रमपटन इमिग्रेशन कल्सल्टेन्सी र इन्टेक अबोर्ड रहेका छन् भने सह प्रायोजकमा अल्का हस्पिटल, आर्य ट्राझल, प्यासिफिक लिंक कलेज रहेका छन् ।