Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सेयर बजार परिसूकमा गिरावट


सेयर बजार परिसूकमा गिरावट

काठमाडौं, २० असार । सेयर बजारको परिसूचक नेप्से ३९.२६ अंक घटेको छ । सेयर बजार परिसूचक घट्दा कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । हिजो २ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७ करोडको भएको छ । कुल १४ कम्पनीको मूल्य बढ्दा २०८ को घट्यो भने २ को स्थिर रहृयो ।

जसमध्ये बैंकिङ ११, विकास बैंक ६३, फाइनान्स २०, होटल तथा पर्यटन ८८, जलविद्युत् ५६, जीवन बीमा ४०९, उत्पादन १०५, माइक्रोफाइनान्स ८६, निर्जीवन बीमा ३१०, अन्य ३६ र ब्यापार उपसमूह ३२ अंक घटे ।सिटी होटल र रावा इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । बीपीडब्लू लघुवित्त, मोदी इनर्जीको मूल्य १० प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन लाइफ इन्स्योरेन्स, सोल्टी होटल, स्वाभिमान लघुविक्त र हिमालयन डिस्टिलरी त्रमशः अगाडि रहेका छन् ।