Tuesday, September 30, 2025

२०८२ आश्विन १४, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दुई अर्ब भ्रष्टाचार र पशुपति मन्दिरको विषयमा प्रयोग भएका शब्दलाई हटाउन सभामुखको निर्देशन


दुई अर्ब भ्रष्टाचार र पशुपति मन्दिरको विषयमा प्रयोग भएका शब्दलाई हटाउन सभामुखको निर्देशन

काठमाण्डौं । आज भएको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले जेठ १० गते बैठकको संसदमा बोलेको माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले स्वास्थ्य सामग्रीमा भ्रष्टाचार गरेको र पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तल राखेको भनेका शब्द हटाउन निर्देशन दिएका छन् ।


शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख घिमिरेले प्रमुख प्रतिपक्षी एमालेको माग र सोही विषयलाई लिएर एमालेले शुक्रबार संसद अवरोध गरेपछि संसदको रेकर्डबाट सो कुरालाई हटाउन सचिवालयलाई निर्देशन दिएका हुन् ।


बैठकमा सभामुख घिमिरेले तत्कालीन प्रधानमन्त्री ओलीको कार्यकालमा कोरोना महामारीमा स्वास्थ्य सामग्री खरिदमा दुई अर्ब भ्रष्टाचार गरेको र पशुपति मन्दिरको जलहरी लगाउँदा सुन भनेर पित्तल लगाएको भन्ने शब्द संसदको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएका छन् ।


यो भन्दा पहिले प्रधानमन्त्री पुष्पकमल दाहालले पशुपतिनाथ मन्दिरमा जलहरीमा राख्ने सुनमा भ्रष्टाचार भएको भनिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकाले उक्त विषयमा प्रमुख प्रतिपक्षी दलका नेतालाई जोडेर संसदमा प्रश्न उठ्नु सही नभएको कुरा व्यक्त गरेका थिए ।