काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ १० गतेको प्रतिनिधिसभा बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरको जलहरीका विषयमा बोलेको अनुचित भएको बताएका छन् ।
शनिबारको प्रतिनिधिसभा बैठकको सुुरुमै उनले यो विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको उल्लेख गरे । अख्तियारले स्वतन्त्र एवम् निष्पक्ष छानबिन गर्ने उनले बताए । निष्पक्ष छानबिनमा सरकारले साथ दिने प्रधानमन्त्री प्रचण्डले स्पष्ट पारे ।
“पशुपति मन्दिररमा रहेको जलहरीबारे यहाँ चर्चा उठको छ । यो लगायत विषयमा काम गर्ने अधिकार पशुपति क्षेत्र विकास कोषको काम हो र उसले काम गरिरहेको छ,” उनले भने, “यो अख्तियारमा निवेदन परेर छानबिन भइरहेको छ । आयोगले स्वतन्त्र एवम् निष्पक्ष छानबिन गर्नेछ । यसमा सरकारले सहयोग गर्नेछ । प्रमुख प्रतिपक्षी दलको नेता जोडेर विचार व्यक्त हुनु उचित होइन । यस्ता विषय रेकर्डबाट हटाउने चलन छ । बाँकी कुरा त्यति बेला राख्नेछु ।”