Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बेंग्लोरको लागि उडेको जहाज चरा ठोक्किएको आशंकामा काठमाडौं फर्कियो


बेंग्लोरको लागि उडेको जहाज चरा ठोक्किएको आशंकामा काठमाडौं फर्कियो

काठमाडौं । काठमाडौं देखि बेंग्लोरका लागि उडान भएको जहाजमा चरा ठोक्किएको आशंका नेपाल वायुसेवा निगमको जहाज फिर्ता गरी गरिएको छ। निगमको आरए २२५ उडान नम्बर रहेको जहाजमा चरा ठोक्किएको अनुमान गरिएको छ ।

घटनाबारे वास्तविक तथ्य खुल्न बाँकी छ । ४० नटिकल माइल उडिसकेको जहाज चरा ठोक्किएको आशंकामा काठमाडौं नै फर्काइएको हो । धावनमार्गमा चरा नभेटिएको र जहाजमा कुनै क्षति नभेटिएको पाइएको त्रिभुवन विमानस्थल स्रोतले जानकारी दिएको छ ।