काठमाण्डौं । चालु आर्थिक वर्ष सरकारले सेनिटरी प्याड आयातमा ९० प्रतिशत छुटको व्यवस्था गरेको छ । सरकारको उक्त नीतिअनुरुप आयातमा छुट दिने कुरा भनाईमा मात्रै सीमित हुँदा उपभोक्ताले भने सस्तो मूल्यमा प्याड खरिद गर्न पाएका छैनन् ।
चालु आर्थिक वर्षको बजेटपछि आयातकर्ता कम्पनीले १.५ प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट तिरेर तयारी प्याड मुलुक आयात गरिरहेका छन् । तर, त्यसको १० महिना बितिसक्दा पनि उपभोक्ताले छुटको अनुभव भने गर्न पाएका छैनन् । झन् सेनिटरी प्याडको मूल्य दिनप्रतिदिन बढ्दै गईरहेको छ ।
बजारमा यसको मूल्य बढ्दा व्यापार भने घटेको अधिकांश व्यापारीहरुको गुनासो छ । विस्पर मूल्य पहिला ७० रुपैयाँ थियो अहिले त्यसको मूल्य ८० रुपैंया पर्दछ । सोफीको प्रतिप्याकेट पहिला ६० रुपैयाँ थियो अहिले ६५ रुपैयाँ पुगेको छ, सोफीकै एन्टी ब्याक्टेरियल पहिला ९५ रुपैयाँमा पाइन्थ्यो र अहिले १०७ रुपैयाँ पुगेको छ । स्टेफ्री अल नाइटका प्रतिप्याकेट १४५ रुपैयाँमा बिक्री भईरहेकोेमा अहिले मूल्य बढेर १५२ रुपैयाँ पुगेको छ । ६५ रुपैयाँमा पाइने प्याडिलक्सको मूल्य पनि ७० रुपैयाँ पुगेको छ ।
चालु आर्थिक वर्ष साउनदेखि वैशाखसम्म ७२ करोड ४३ लाख ४६ हजार रुपैयाँ बराबरको ७ करोड ८३ लाख ७७ हजार ८६९ वटा प्याड भित्रिएको छ । त्यसबापत सरकारले १० करोड ८४ लाख २८ हजार रुपैयाँ राजस्व उठाएको छ । चालु आर्थिक वर्षको १० महिनामा ४३ लाख ४ हजार रुपैयाँ बराबरको ९२ हजार १३० वटा टेम्पोन र मिन्स्ट्रुअल कप पनि आयात गरिएको छ । सरकारले त्यसबापत् ११ लाख ३८ हजार रुपैयाँ राजस्व उठाएको छ ।
यसबापत सरकारले ३० करोड ९० लाख २५ हजार रुपैयाँ राजस्व उठाएको थियो । चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म १० करोड ७९ लाख २६ हजार रुपैयाँ बराबरको ३ करोड ८१ लाख ६ हजार १४१ वटा प्याड निर्यात भएको विभागको तथ्यांक छ ।
नेपालमा अहिले भारत, चीन, डेनमार्क, हङकङ, फिलिपिन्स, बेलायत, अमेरिकालगायत मुलुकबाट सेनिटरी प्याड आयात भईहेको छ । ह्विस्पर, स्टेफ्री र सोफी नेपालमा धेरै बिक्री हुने सेनिटरी प्याड हुन् । नाइन, कम्फी, केयरफ्रीलगायत ब्रान्डका सेनिटरी प्याड भने नेपालमा पाईन्छ ।