Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

प्रधानमन्त्री प्रचण्डको चारदिने भारत भ्रमणको तालिका सार्वजनिक


प्रधानमन्त्री प्रचण्डको चारदिने भारत भ्रमणको तालिका सार्वजनिक

काठमाडौं । नेपाल र भारत दुवैले प्रधानमन्त्री पुष्पकमल दाहालको चारदिने औपचारिक भारत भ्रमणको तालिका सार्वजनिक गरेका छन् । नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै नेपालका प्रधानमन्त्री दाहालले यही जेठ १७ गतेदेखि २० सम्म भारतको भ्रमण गर्ने जानकारी दिएका हुन् ।

परराष्ट्र मन्त्रालयले भारतको विदेश मन्त्रालयसँग सहकार्य गरेर दाहालको भ्रमण जेठ १७ देखि २० सम्म गर्न गृहकार्य गरेको थियो । जसमा दुवै मुलुकले सहमति जनाएका हुन् ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निम्तोमा प्रधानमन्त्री दाहालले भारत भ्रमण गर्न लागेको जनाएको छ । प्रधानमन्त्री दाहालको भ्रमणटोलीमा स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहाल, मन्त्रीहरू, सचिवहरू र नेपाल सरकारका उच्च अधिकारीहरू सम्मिलित हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति द्रौपदी मूर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेट गर्नेछन् । त्यस्तै प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग जेठ १८ गते हैदराबाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् । वार्तापछि संयुक्त पत्रकार सम्मेलन पनि हुनेछ ।