Tuesday, December 03, 2024

२०८१ मंसिर १८, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

योजनाका काममा ढिलाई भएपछि सेलायो सुरुङ मार्गको चर्चा


योजनाका काममा ढिलाई भएपछि सेलायो सुरुङ मार्गको चर्चा

काठमाडौं । कास्कीको हेम्जामा –नयाँपुल र बागलुङको बिहुँ–नरेठाँटी सुरूङ मार्गको सम्भाव्यता अध्ययनमा ढिलाइ भएको छ । समयमै अध्ययन नहुँदा आयोजना निर्माणका काममा ढिलाई भएको हो।

धेरै समयअघि घोषणा भएका सुरूङ मार्ग गतिहीन बनेपछि अहिले चर्चासमेत नहुने गरेको छ । सडक विभागले हेम्जा–नयाँपुल सुरूङ मार्गको ४ वर्षपहिले नै प्रारम्भिक अध्ययन थालेको थियो । तर यसको विस्तृत सम्भाव्यता अध्ययन हुनै बाँकी छ ।

पोखरा–बागलुङ राजमार्गमा पर्ने हेम्जा–नयाँपुल सुरूङ मार्ग बनेमा डेढ घन्टाको सडकमार्ग १५ मिनेटमा कम हुने । अहिले हेम्जा–नयाँपुलको दुरी ४० किलोमिटर छ । सुरूङ मार्गले त्यसलाई सातदेखि आठ किलोमिटरमा घटाउने अनुमान गरिएको छ। यसले प्रदेश राजधानी पोखरालाई पर्वतसहित धवलागिरिका चारै जिल्लालाई जोड्छ । पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष गोपी अधिकारीले सरकार सुरूङ मार्ग अध्ययनकै प्रक्रियामा अलमलिएको बताएका छन् ।