Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

‘ढोरपाटन’ वृत्तचित्र ‘सेफिल्ड डकफेस्ट’मा


‘ढोरपाटन’ वृत्तचित्र ‘सेफिल्ड डकफेस्ट’मा

 

काठमाडौं । ‘ढोरपाटन’ वृत्तचित्र बेलायतको प्रमुख डकुमेन्ट्री फेस्टिभल ‘सेफिल्ड डकफेस्ट’ मा वर्ल्ड प्रिमियर हुने भएको छ । जुन १४ देखि १९ सम्म चल्ने महोत्सवको चौथो दिन मुख्य प्रतिस्पर्धामध्येको ‘इन्टरनेसनल फस्ट फिचर कम्पिटिसन’ मा वृत्तचित्र देखाइन लागेको हो । राजन कठेत र सुनीर पाण्डे निर्देशित ७८ मिनेटको ‘ढोरपाटन’ लाई अंग्रेजी नाम भने ‘नो विन्टर होलिडेज’ दिइएको छ ।

निर्देशक कठेतले डकुमेन्ट्रीको तयारी सन् २०१८ देखि नै सुरु गरिएको बताउँछन् । निर्माण टिमले त्यति बेलादेखि विभिन्न कार्यशालादेखि पिचिङ कार्यक्रममा डकुमेन्ट्रीलाई सहभागी गराउँदै आएको थियो । त्यही क्रममा २०२१ मा सेफिल्डकै ‘द विकर्स’ भन्ने पिचिङ कार्यक्रममा ‘ढोरपाटन’ छनोटमा प¥यो । करिब एक करोड रुपैयाँ बराबरको अनुदान रहेको पिचिङ कार्यक्रमको शीर्ष पाँचमा प¥यो वृत्तचित्र ।

डकुमेन्ट्री खिच्न दुई निर्देशकसँगै छायाकार बबिन दुलालले ढोरपाटनमा सय दिन बिताएका थिए । अध्ययनका लागि टिमले एउटा हिउँदमा १० दिन बिताएको थियो । त्यसपछिको हिउँद वृत्तचित्र खिच्न राजन, सुनीर र बबिनले ७० दिन बिताए ।