Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

‘रमाडा इनकोर’सञ्चालनको एक बर्षमै १५ करोड रूपैयाँभन्दा बढी आम्दानी


‘रमाडा इनकोर’सञ्चालनको एक बर्षमै १५ करोड रूपैयाँभन्दा बढी आम्दानी

काठमाडौं, १२ जेठ । काठमाडौंको ठमेलमा अमेरिकन ब्राण्डका रुपमा होटल रमाडा इनकोरले पर्यटक लोभ्याउन थालेको छ । सञ्चालनमा आएको डेढ वर्षकै अबस्थामा पर्यटकीय क्षेत्र ठमेलमा आफ्नो पहिचान बनाउन सुरु गरेको हो ।

होटलका सञ्चालक गोपाल पंगेनी रमाडा इनकोर विदेशी पर्यटकमाझ लोकप्रिय बन्नेमा विश्वास दिलाउछन् । सन् २०२३ यता होटलले १५ करोड रूपैयाँभन्दा बढी आम्दानी गरिसकेको छ।

अमेरिकी कम्पनी वेन्दहाम होटल एन्ड रिसोर्टका २२ वटा ब्रान्डमध्ये एउटा हो रमाडा। सत्तरी वर्ष पुरानो यो कम्पनीले विश्वका थुप्रै पर्यटकीय गन्तव्यमा होटल तथा रिसोर्ट व्यवस्थापन तथा सञ्चालन गर्दै आएको छ।

९५ मुलुकमा यसका नौ हजार ६ सयवटा होटल तथा रिसोर्ट सञ्चालित छन्। रमाडा ब्रान्ड अन्तर्गत मात्र ६० भन्दा बढी देशमा नौ सयभन्दा बढी होटल तथा रिसोर्ट छन्। नेपालमा भने पहिलो पटक रमाडा भित्रिएको हो ।