काठमाण्डौं । न्यूरोडको रन्जना सिनेप्लेक्समा सिटिजन्स बैंकका ग्राहकले छुट पाउने भएका छन् ।
बैंक र रन्जना सिनेप्लेक्स प्रा.लि. बीच समझदारीपत्रमा हस्ताक्षर गर्दै सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने निर्णय भएको हो ।
समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकले रन्जना सिनेप्लेक्समा टिकट खरिद गर्दा ५ प्रतिशत सम्मको छुट पाउनेछन् ।
सिटिजन्स बैंकले हाल १८२ शाखा, ३ वटा विस्तारित काउण्टर, १३९ वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित ईकाईहरुबाट सेवा दिँदै आएको छ ।