Tuesday, December 03, 2024

२०८१ मंसिर १८, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सरकारले दिने सहयोग रकम अस्पताल बनाउनका लागि प्रयोग गरियोस्ः डा.चन्द्र भण्डारी

उपचारपछि बुधबार प्रतिनिधिसभामा चन्द्र भण्डारीको...


सरकारले दिने सहयोग रकम अस्पताल बनाउनका लागि प्रयोग गरियोस्ः डा.चन्द्र भण्डारी

काठमाण्डौं । कांग्रेसका सांसद डा.चन्द्र भण्डारीले आफ्नो उपचारमा सरकारले दिने सहयोग रकम हस्पिटल बनाउनमा प्रयोग गर्न आग्रह गरेका छन् ।


गत ३ पुसमा भएको ग्यास विस्फोटबाट आगलागीमा परेर भारतमा उपचार गरी फर्केका भण्डारीले उपचारपछि बुधबार पहिलोपटक प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने क्रममा सरकारले दिने सहयोगलाई हस्पिटल बनाउनमा प्रयोग गर्ने ईच्छा व्यक्त गरेका हुन् ।


उनले भने– ‘आगलागीमा परेर कीर्तिपुर हस्पिटलमा पु¥याउँदा म बेहोस् अवस्थामै थिएँ । बम्बईको हस्पिटलमा लगिसकेपछि सात दिनपछि मात्रै ब्यूँझिएँ । त्यहाँ मैले धेरै साथीहरूले सहयोग गरेको पाएँ, त्यो सहयोगको सम्मान गर्दै र सरकारले दिने सहयोगलाई हस्पिटल बनाउनमा प्रयोग गर्न चाहन्छु ।’


सो घटनापछि सरकारले भण्डारीको उपचार खर्च व्यहोर्ने भनि निर्णय गरेको थियो । उनले आफूलाई सहयोग गर्ने सो रकम अस्पताल बनाउन प्रयोग गर्न आग्रह गरेका छन् ।


आफूले भोगेको र गत वर्ष ११० जनाले मृत्युवरण गरेको घटनालाई सम्झँदै र अहिलेको वर्षमा आफ्नी आमा थपिँदा १११ जना पुगेको बताउँदै उनले गाउँ–गाउँमा पुगेको बिजुली र ग्याँस प्रयोगबारे पाठ्यपुस्तकमा संलग्न गरी जनहितमा प्रयोग गर्नुपर्ने समेत बताए ।