Monday, September 22, 2025

२०८२ आश्विन ६, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सय किलो सुन प्रकरणमाःअनुसन्धान विभागले शनिबार राति टोखस्थित एक कारखानामा राजस्व छापा


सय किलो सुन प्रकरणमाःअनुसन्धान विभागले शनिबार राति टोखस्थित एक कारखानामा राजस्व छापा

काठमाडौं, श्रावण १४ । १०० किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको राजस्व अनुसन्धान विभागले शनिबार राति टोखस्थित एक कारखानामा छापा मारेको छ। राजस्व अनुसन्धान विभागका महानिर्देक नवराज ढुङ्गानाका अनुसार टोखामा सुन गालेर त्यसलाई रिफ्रेस गराएर तस्करले बाहिर लैजाने गरेको पाइएपछि उक्त कारखानालाई सिल गरिएको हो।

त्यहाँबाट आगो बाल्न प्रयोग हुने काठका धुलोका बोरा, सुन गाल्न प्रयोग हुने मेसिन, सुन गाल्न प्रयोग हुने रसायनका बट्टा र गालेको सुन छोप्नका लागि प्रयोग हुने उपकरण बरामद गरिएको उनले बताएका छन। अहिले उक्त क्षेत्रलाई सिल गरिएको उनले बताए। राजधानीमै सुनलाई गालेर अन्यत्र लैजाने व्यवस्थासहितको यो कारखाना देखिएकाले यसमा संलग्न धेरै हुनसक्ने उनको भनाइ छ।

यद्यपि सुन कुन रुपमा परिणत गरिन्थ्यो भन्ने बारे खुलिनसकेको उनले बताए। साउन ४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट बाहिरिएको करिब सय किलो सुन राजस्व अनुसन्धान विभागले सिनामङ्गलबाट बरामद गरेको थियो। यो प्रकरणमा संलग्न भएको आरोपमा चिनियाँ र भारतीय एकएक नागरिकसहित अहिलेसम्म १७ जना पक्राउ परिसकेका छन्। सरकारले यो विषयलाई प्राथमिकता राखेर अनुसन्धान भइरहेको बताएको छ।