Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आर्थिक तरलताकाबीच चालु आर्थिक वर्षको ४ महिनामा घट्यो आयात


आर्थिक तरलताकाबीच चालु आर्थिक वर्षको ४ महिनामा घट्यो आयात

काठमाडौं । चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिकमा ५ खर्ब १२ अर्ब ५० करोड रुपैयाँको वस्तु आयात भएको छ । गत वर्ष सोही अवधिमा ५ खर्ब ३२ अर्ब ६९ करोडको वस्तु आयात गरिएको थियो । आयात ३.७९ प्रतिशतले घटेको छ । चाडपर्वको अवसरमा पनि आयातमा संकुचन आएको छ ।

गत आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिकमा ५४ अर्ब ७७ करोड रुपैयाँको वस्तु निर्यात हुँदा चालु आर्थिक वर्षको सोही अवधिमा ५० अर्ब ५६ करोड रुपैयाँको वस्तु निर्यात भएको भन्सार विभागको तथ्यांक छ । निर्यात भने ७.६८ प्रतिशतले घटेको छ ।


चालु आर्थिक वर्षको चार महिनामा व्यापार घाटा ४ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.३४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको पहिलो चार महिनामा व्यापार घाटा ४ खर्ब ७७ अर्ब ९१ करोड रुपैयाँ थियो ।