Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

ललिता निवास प्रकरणः पक्राउ परेकाहरुलाई थप ७ दिन हिरासतमा राख्न अदालतको आदेश


ललिता निवास प्रकरणः पक्राउ परेकाहरुलाई थप ७ दिन हिरासतमा राख्न अदालतको आदेश

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका २० जनालाई थप ७ दिन हिरासतमै राख्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंले उनीहरुलाई थप एक साता हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुमति दिएको छ ।

बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा सीआईबीले सरकारी कागजात कीर्ते र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ ।

यो प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायत पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहित २० जना हाल सीआईबीको हिरासतमा छन् ।