Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले पद तथा गोपनीयताको शपथ लिर्दै


कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले पद तथा गोपनीयताको शपथ लिर्दै

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज दिउँसो पद तथा गोपनीयताको शपथ लिने भएका छन् । दिउँसो २ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथको तयारी गरिएको हो । नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बन्नुभएका कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

पार्टी र गठबन्धनको निर्णयमा असन्तुष्टि जनाउँदै एमालेसँग मिलेर मुख्यमन्त्री नियुक्त भए पनि असन्तुष्ट समूहका नेता डा. शेखर कोइरालाले गठबन्धनलाई अझ मजबुत बनाउने भन्दै नयाँ सहमति गरेपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा नेताहरु छलफलमा छन् ।

मन्त्रिपरिषद्मा नेकपा एमालेलाई सहभागी गराउने वा सत्ता गठबन्धन दललाई समेटेर अगाडि बढ्ने भन्ने विषय टुङ्ग्याएर मुख्यमन्त्री ११ बजेको उडानबाट विराटनगर फर्कने तयारी छ । यसैबिच कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हिजो अबेर सामाजिक सञ्जालमा स्ट्याटस पोस्ट गरी कोशीमा नेपाली काँग्रेससँग सहकार्य भएको बताए । सो धारणाअनुसार आज नेकपा एमालेका केही मन्त्रीसहित मुख्यमन्त्री कार्कीले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने अनुमान गरिएको छ ।