Saturday, July 26, 2025

२०८२ श्रावण ११, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सेयर कारोबारी दीपेन्द्र अग्रवालको हिरासत बसाइँ थप ४ दिन लम्बियो


सेयर कारोबारी दीपेन्द्र अग्रवालको हिरासत बसाइँ थप ४ दिन लम्बियो

काठमाडौं । सेयर कारोबारी दीपेन्द्र अग्रवालको हिरासत बसाइँ थप ४ दिन लम्बिएको छ । शुक्रबार काठमाडौं जिल्ला अदालतले अग्रवाललाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं प्रहरी परिसरलाई अनुमति दिएको हो । अग्रवाललाई ठगी तथा विश्वासघात अरोपमा प्रहरीले गत सोमबार टोखाबाट पक्राउ गरेको थियो ।

पक्राउ लगत्तै अदालतमा पेस गरेको प्रहरीले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको थियो । त्यसपछि प्रहरी पुनः बिहीबार अग्रवाललाई अदालतमा उपस्थित गराएको थियो । बिहीबार अदालतले एकदिन मात्रै म्याद थप गर्ने अनुमति दिएपछि पुनः शुक्रबार अदालत लगेको थियो ।

शुक्रबार अदालतले थप दिन म्याद थप गर्दै प्रहरीलाइ थप अनुसन्धान गर्न अनुमति दिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाइ सेयर सम्बन्धी ठगी तथा विश्वासघात गरेको अरोपमा पक्राउ गरेको हो । उनले एकै व्यक्तिबाट करिब साढे ६ करोड रुपैयाँ ठगी गरेको आरोप छ ।