काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले १० दिने युरोप भ्रमण तत्कालको लागि स्थगित गरेका छन् । देशको असहज परिस्थिति र संकटपूर्ण घडीलाई मध्यनजर गर्दै युरोपका ३ देशको भ्रमण स्थगित गरिएको राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेले बताएका छन् ।
पौडेल यही कात्तिक २२ गतेदेखि १० दिनका लागि फ्रान्स, इटली र जर्मनीको भ्रमण गर्ने तालिका थियो । चालिसेले भने, ुगत शुक्रबार राति जाजरकोटमा गएको भूकम्पले गर्दा देश नै शोकमा छ । संकट परेको छ । परिस्थिति पनि असहज छ ।
त्यसैले राष्ट्रपतिले यो अवस्थामा भ्रमण नगर्ने निर्णय गर्नुभएको हो । जाजरकोटमा गत शुक्रबार ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी १५३ जनाको ज्यान गएको थियो भने ३ सय ३८ जना घाइते भएका थिए ।