Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

५ कम्पनीले दिए धितोपत्र बोर्डमा आवेदन, आईपीओ निष्काशन गर्ने


५ कम्पनीले दिए धितोपत्र बोर्डमा आवेदन, आईपीओ निष्काशन गर्ने

काठमाडौं, नेपाल धितोपत्र बोर्डमा सर्वसाधारणले आइपीओ निष्काशन गर्न थप ५ कम्पनीहरुले आवेदन दिएका छन्। पछिल्लो समय याम्बालिङ हाइड्रोपावर, एपेक्स हस्पिटालिटी, माविलुङ इनर्जी, जगदम्बा स्टिल्स र एसवाई प्यानल नेपालले बोर्डमा आवेदन दिएका छन्।याम्बालिङ हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्न असोज १० गते बोर्डमा आवेदन दिएका हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २८ लाख कित्ता सेयर निष्काशन गर्न अनुमति मागेको हो। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

त्यस्तै, एपेक्स हस्पिटालिटी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २४ लाख कित्ता सेयर निष्काशन गर्न धितोपत्र बोर्डमा असोज १२ गते निवेदन दिएको हो। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।माविलुङ हाइड्रोपावर लिमिटेडले लक्ष्मी क्यापिटलको बिक्री प्रबन्धकत्वमा आईपीओ निष्काशन गर्न असोज १४ गते बोर्डमा आवेदन दिएको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ९० हार ५३० कित्तासेयर निष्काशन गर्नेछ।त्यसैगरी, एसवाई प्यानल नेपाल लिमिटेडले ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर निष्काशन गर्न बोर्डमा असोज १९ गते आवेदन दिएको थियो।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। असोज १७ गते बोर्डमा आवेदन दिएको जगदम्बा स्टिल्सले भने प्रिमियममा आइपीओ निष्काशन गर्ने भएको छ। कम्पनीको ६ अर्ब २ करोड १० लाख रुपैयाँ बराबरको २ करोड ७० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति मागेको हो। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत २०० रुपैयाँ थप गरी प्रतिसेयर ३०० रुपैयाँमा आइपीओ निष्काशन गर्ने छ।