Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्न बैंकलाई समय थप


पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्न बैंकलाई समय थप

काठमाडौं,नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने समय थप गरेको छ। केन्द्रिय बैंकले सोमबार एक सूचना जारी गर्दै कात्तिक १७ गतेसम्म समय थप गरेको हो।केन्द्रीय बैंकको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले त्रैमासिक वित्तीय विवरण त्रैमास सकिएको एक साताभित्र सार्वजनिक गर्नुपर्ने हुन्छ।

तर कात्तिकको पहिलो साता दशैँ परेकोले पनि केन्द्रीय बैंकले वित्तीय विवरण सार्वजनिक गर्ने समय लम्ब्याएको हो।अब वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले कात्तिक १७ गतेसम्ममा चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने छ।