काठमाडौं । कीर्तिपुर नगरपालिका ४ स्थीत सल्यानस्थानमा प्रहरीले ठुलो परिमाणमा घरेलु मदिरा बनाउने अखाद्य बस्तु बरामत गरेको छ । बस्तिनजिकको एक टहराबाट प्रहरीले करिब २५ सय लिटर ब्यवसायिक प्रयोजनका लागि राखिएका अखाद्य मदिराजन्य (जाँड र रक्सी बनाउने बच्चा पदार्थ नियन्त्रणमा दिएको हो । स्थानीय जनप्रतिनिधिको रोहवरमा प्रहरीले उक्त बस्तु नष्ट गरिएको प्रहरी वृत्त, कीर्तिपुर प्रमुख डिएसपी राजु लामाले बताए । ठुलो परिमाणमा अखाद्य घरेलु मदिरा उत्पादन हुने गरेको सुचनाका आधारमा प्रहरीले सो क्षेत्रमा अनुसन्धान गरेको प्रहरीले जनाएको छ ।