Tuesday, December 03, 2024

२०८१ मंसिर १८, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अर्थमन्त्री महतमाथि प्रश्नै प्रश्न, करमाथि चलखेल गर्ने को हो ? जवाफमा अर्थमन्त्रीले भनेः आशंका नगरौं


अर्थमन्त्री महतमाथि प्रश्नै प्रश्न, करमाथि चलखेल गर्ने को हो ? जवाफमा अर्थमन्त्रीले भनेः आशंका नगरौं

अमृत पुडासैनी,काठमाडौं ।  प्रतिनिधीसभा बैंठकमा करको दर हेरफेर गर्न अनधिकृत ब्यक्ति प्रवेश गरेको भन्दै अर्थमन्त्री डा.प्रकाश शरण महत माथी सांसदहरुले प्रश्न गरेका छन् ।

आउँदो आर्थिक बर्ष २०८०÷८१ को बजेट भाषणको केही दिन अघि अर्थमन्त्रीले बनाएका बजेट निर्माण टिममा अनधिकृत व्यक्तिलाई प्रवेश किन गराएको भन्दै नेकपा एमाले, राप्रपा लगायतका सांसदहरुले अर्थमन्त्रीलाई प्रश्न गरेका हुन् ।

चालू आर्थिक बर्ष २०७९÷८० को बजेट निर्माणको समयमा पूर्वअर्थमन्त्री जनार्दन शर्माले समेत अनधिकृत व्यक्तिलाई प्रवेश गराएका थिए ।

बिचौलियाको इन्ट्रेसमा बजेट बन्छः पदम गिरी

नेकपा एमालेका नेता पदम गिरीले आउँदो आर्थिक बर्षको बजेटमा अर्थमन्त्रीले अनधिकृत व्यक्ति अर्थमन्त्रालयमा लगेर करको दर हेरफेर गरिएको बताएका छन् ।

उनले अर्थमन्त्री महततर्फ इसारा गर्दै केही घरानिया व्यक्तिको एजेन्टलाई अर्थमन्त्रालयमा प्रवेश गराएर जनताको रकमबाट उठेको करको दुरुप्रयोग गरेको बताएका हुन् । उनले भने, ‘चालू आर्थिक बर्षमा पनि यहि गम्भिर खालका रहस्यहरु बाहिर आयो । विचौलियाहरुलाई राखेर करको दर हेरफेर गर्ने काम भयो, केही घरानिया व्यक्तिका एजेन्टहरु राख्ने काम भयो भनेर बाहिर आईसकेपछि त्यसको छानबिन हुनुपर्छ, भन्ने कोणबाट हामीले धेरै प्रश्नहरु उठार्यौ । पछि यति सम्म गरियो कि, अर्थ मन्त्रालयमा राखिएका सिसिटिभि फुटेजहरु हटाउँने काम समेत भयो, रातारात । त्यसमा लागिएका तारहरु मुसाले खायो भनेर, तार काट्ने सम्मको काम भयो र सबै प्रकारको तथ्यहरु मोट्ने काम भयो । कमी, कमजोरी गर्नेलाई चोख्याउँने सम्मको काम भयो । करोडौ रुपैैंया पैसा बास्तबमा एक प्रकारले लुटपाट भयो । त्यसले सारा जनतामा चिन्ता बढाएको छ । अहिले पनि आम जनताप्रति आशंका बढेको छ । जहाँ बजेट बन्छ त्यही ठाउँमा जनताको कर, रगत र पसिनाबाट आएको राजस्वलाई जुन प्रकारले लुट मच्चाउँने काम हुन्छ ।
अहिले पनि बजेटको भाषण हुने दिन बिचौलियाहरु लाने काम भएको छ । र त्यही बिचौलियाहरुलाई राखेर करको दर तलमाथी पार्ने काम भएको छ भन्ने कुरा सुन्नमा आएको छ । खालका मान्छेहरु भित्र बाहिर भएका हुन्छन । सबैले भित्रबाट बाहिर फोन लगेका हुन्छ । त्यहाँ कुनै सूचनाको गोपनियताको कायम गरेको हुदैन ।

हालको अर्थमन्त्रीलाई कलंकको टिका नलागोस्ः डा. स्वणिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा.स्वर्णिम वाग्लेले अघिल्लो अर्थमन्त्रीको जस्तो कलंकको टिका हालको अर्थमन्त्रीलाई नलागोस् भनेको छन् ।

सांसदमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ल्याएको बजेटमा अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालय प्रवेश गराएको बिषयमा बोल्दै डा. वाग्लेले चालू आर्थिक बर्षको बजेट निर्माणमा पूर्वअर्थमन्त्री जनार्दन शर्माले जस्तै नगर्न समेत हालको अर्थमन्त्रीलाई सचेत गराएको बताएका छन् । उनले भनेः गत बर्षको बजेट निर्माण प्रक्रियामा निश्चित स्वार्थ समूहहरुको डिजाईनमा करका दरहरुको अबैज्ञानिक हेरफेर गरी अभुतपूर्व नीतिगत भ्रष्ट्रचार गरेको आरोप लागेपछि अर्थमन्त्रीले राजिनामा नै दिनुपरेको थियो । यस बर्ष त्यो नहोस् । त्यो कलंक नदोहोरियोस् भनेर रचनात्मक प्रतिपक्षको रुपमा रास्वपाले अर्थमन्त्रीलाई सचेत गराउँदै आएको छ ।’

डा. वाग्लेले अर्थमन्त्री महतलाई यस अघि नै बसेको अर्थसमितिको बैंठकमा समेत बजेट निर्माणको समयमा अनधिकृत व्यक्तिलाई प्रवेश नगराउँन सचेत गराएकोे समेत बताएका छन् । ‘अर्थसमितिको पहिलो बैंठकमा नै अर्थमन्त्री सँग भ्रष्ट्रचार बारे सवाल जवाफ भएकै हो । बकैदा कागज मिलाएर विधी पुर्याए जस्तो गरेर बैंठक बसेरै नियमावली संशोधन गर्दै अख्तियारले समेत समाउन नसक्ने गरी सेटिङ्गमा हुने भ्रष्ट्रचार आगो जस्तै सल्केको छ । सक्छौ भने मलाई जेल हाल भन्ने हुकारको जननी त्यही हो । दण्डहिनताको चुरिफुरी बिरुद्ध हामी होमिएका छौैं ।’
उनले सांसदमा अर्थमन्त्रीलाई ३ वटा प्रश्नको उत्तर यही सांसदमा दिन समेत भनेका छन् । उनले अर्थमन्त्री महतलाई यी प्रश्नहरु सोधेका हुन् ।
१. यो बर्ष शंयन्त्रमुलक ठंगले निश्चित घरानालाई अनुचित लाभ हुने गरी अपारदर्शी ठंगले करका दरमा हेरफेर गरिएको छ कि, छैन ?
२. एचएस कोड (हामोनाईस सिस्टम)को बिज्ञ भनेर संलग्न गराएका व्यक्तिलाई विधी र प्रकृया पुर्याएर सल्लाहकारी भुमिकामा राखिएको हो कि होइन ?
३. ३० बर्षसम्म ३ करोड जनसंख्या भएको देशमा एचएफ कोडका दरहरु टाईप गर्ने जनसंख्यामा जनशक्तिको आकार के १ जना वा २ जनामात्रै हुन ? भन्ने प्रश्न सोधेका छन् ।

कहिले सिसिटीभी काण्ड त कहिले मुसा काण्ड आउँन थाल्योः ज्ञानेन्द्र शाही

राप्रपा नेता ज्ञानेन्द्र शाहीले बजेट आउँने क्रममा कहिले सिसिटिभी त कहिले मुसा काण्ड आउँन लागेको बताएका छन् । उनले अर्थमन्त्री डा. प्रकाश शरण महतले ल्याएका बजेट पनि आरोपबाट अछुतो रहन नगएको भन्ने आशंका छ भन्दै उक्त उक्ति बोलेका हुन् ।

पूर्वअर्थमन्त्री जनार्दन शर्माले गत बर्ष ल्याएको बजेटमा अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालय लगेकाले आउँदो आर्थिक बर्षमा बजेट निर्माणमा पनि अर्थमन्त्रीले अनधिकृत व्यक्तिलाई प्रवेश गराएको समाचार आएको हुदाँ अर्थमन्त्रीले जवाफ दिनुपर्ने भन्दै प्रश्न सोधेका हुन् । उनले भने, हरेक बर्ष कहिले सिसिटिभी काण्ड त कहिले मुसा काण्ड आउँन थाल्यो । उदेक लाग्छ बाहिर बसेर हेर्ने हो भने । हामीले सोचेका थिएनौ यो बर्ष यस्तो काण्ड आउँदैन भनेर । र बाहिर सुनेर बस्ने मान्छेलाई पनि वाक्क दिक्क हुदैन भन्ने लागेको थियो । तर हिजो एक्कासी छापामा यस्ता कुराहरु आयो कि अहिले अछुतो नै नरहने गरी यस्तो सेटिङ्ग मिलाउँने विधी र प्रकृया मिलाएर भ्रष्ट्रचार भए भन्ने कुरा बजारमा छ्यापछ्प्पती छ ।’

त्यस्तै शाहीले पनि अर्थमन्त्रीलाई ५ वटा प्रश्न समेत सोधेका थिए ।

ठक्कै बजेटको बेला बिचौलिया हाबी हुन्छः अमरेश कुमार सिंह

प्रतिनिधीसभाको बैंठकमा स्वतन्त्र सांसद अमरेश कुमार सिंहले बजेटको समय नै बिचौलिया हाबी हुने गरेको बताएका छन् । उनले भने, ‘हरेक बर्ष बजेटको समय नै बिचौलिया हाबी भएका छन् । प्याज लगायतको सामान्य खाध्यान्नमा कर लाग्ने ठुला वस्तुमा कर छुट हुने । यसको औचित्य देखिदैन । त्यसकारण यसको लागि संसदिय छानबिन गठन होस ।’
उनले नेपाल करै करको देश भनेर औल्याएका छन् । ‘नेपाल करै करको देश हो । जे मा पनि कर, तर बिकास छैन ।’

दुधको दुध पानीको पानी छुट्टिनु पर्छः प्रेम सुवाल

प्रतिनिधीसभा बैंठकमा नेमकिपा का सांसद प्रेम सुवालले हरेक बजेटमा बिचौलियाको हाबी हुने, छनबिन पनि हुने तर मिलापत्र हुने बताएका छन् । ‘बजेट निर्माणमा बिचौलिया प्रवेश अधिकाश बजेटमा सुनिदै आएको हो । र यो अलिकति उठ्छ मिलापत्र हुन्छ । यस्तो हुनु भएन दुधको दुध पानीको पानी छुर्टिनु पर्छ ।’

सांसदहरुको प्रश्नमा के दिए अर्थमन्त्रीले जवाफ ?

आगामी आर्थिक वर्षको बजेट निर्माण र करका दरहरु हेरफेरमा कुनै घुसपैठ नभएको र आधिकारिक व्यक्तिबाट पारदर्शी ढंगले काम भएको अर्थमन्त्री प्रकाशशरण महतले दाबी गरेका छन् । संघीय संसदको प्रतिनिधि सभामा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा अर्थमन्त्री महतले मंगलबार यस्तो जवाफ दिएका हुन् ।

बजेटमा पारदर्शी नभएको, अनधिकृत व्यक्तिको प्रवेश लगायत विषयमा शंका गर्नुपर्दैनु महतले भने बजेट निर्माणदेखि करका दरहरु हेरफेरमा आधिकारिक प्रतिनिधिहरुबाट स्वतन्त्रपूर्वक निर्णय भएको छ ।  ‘इमाान्दारपूर्वक काम गर्छौं भनेर बसेका मन्छेलाई विश्वास नगर्ने, सञ्चारमाध्यमहरुले लेखेकै भरमा चलखेल भयो भन्न मिल्दैन,’ उनले भने, ‘हामी कसम खाएर काम गर्न बसेलाई असत्य मान्न भएन ।’

आर्थिक विधेयक टाइप गर्ने प्रयोजनका लागि मात्र भन्सारका करार कर्मचारी रामकृष्ण श्रेष्ठलाई प्रयोग गरिएको उनले प्रस्ट्याए । ‘रामकृष्ण श्रेष्ठ जी २० औं वर्ष देखि यही काम गर्दै आएको, इमान्दार दक्ष, अनुभवी कर्मचारी हुनुहुँदो रहेछ,’ उनले थपे, ‘आधिकारिक व्यक्तिमा आधारित भएर निर्णय भएका दरहरु उनीहरुकै आदेशमा श्रेष्ठले टाइप गरेका मात्र हुन् ।’ आफूभन्दा अघिका अर्थमन्त्रीहरुले पनि उनलाई नै प्रयोग गर्दै आएकाले आफूले पनि सोही कुरा मानेको उनको दाबी छ । ‘चलखेल भयो कि बिचौलियाको कुरा आएको छ । बिचौलियालाई मैले छेउछाउमा पनि आउन दिएको छैन,’ महतले भने ।
त्यस्तै, अर्थमन्त्री प्रकाशशरण महतले बजेट निर्माणका क्रममा करका दर परिवर्तन गर्ने क्रममा बाहिरका मान्छेको संलग्नता नरहेको बताएका छन् ।

पूर्वनासु रामकृष्ण श्रेष्ठलाई आफूभन्दा अगाडिकै अर्थमन्त्रीले नियुक्त गरेको महतको भनाइ थियो । अनुभवि, दक्ष, इमानदार भनेर परिचित व्यक्तित्व हुनुहुँदो रहेछ । उहाँको काम भनेको सम्बन्धित आधिकारीले आधिकारीक रूपमा निर्णय भएको करका दरदेखि लिएर संशोधन आदि इत्यादि जे छ, निर्णय प्रक्रियामा बसेका पदाधिकारीको आदेशमा भनेर भर्नको लागि उहाँ वर्षौंदेखि लगातार गर्दै आउनुभएको रहेछ । त्यसै प्रयोजनको लागि मभन्दा अगाडिको अर्थमन्त्रीले नियुक्ति गर्नुभएको रहेछ, उनले भने । प्रकाशशरणभन्दा अगाडि अर्थमन्त्री एमाले उपाध्यक्षसमेत रहेका सांसद विष्णु पौडेल थिए ।
बजेट निर्माणका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा मंगलबार अर्थमन्त्री महतले भने, गोप्य कोठामा आधिकारिक व्यक्तिहरूमात्रै बसेर करको दायरा के गर्ने, संशोधन गर्ने, हटाउने, बढाउने, यथावत राख्ने विषयको निर्णय गरेका छौं ।

यसअघि नै निर्णय गरेर नियुक्त गरेर राखेका कर्मचारीलाई बजेट निर्माणका क्रममा संलग्न गराइएको पनि अर्थमन्त्री महतले बताए । उनले नियमितरूपमा कार्यरत र अर्थ मन्त्रालयले पहिलेदेखि नै नियुक्ति गरेर राखेका अनुभवी र दक्ष कर्मचारीलाई इन्ट्री गराउनका लागि काममा लगाइएको पनि बताए । पूर्वनासु श्रेष्ठको संलग्नता रहेको भन्ने आशंकाको जवाफमा महतले भने, पहिले पनि भइरहेको छ । त्यसैअनुसार रामकृष्ण श्रेष्ठलाई पहिलेकै निर्णयअनुसार इन्ट्री गर्न संलग्न गराइएको हो । उहाँको निर्णय प्रक्रियामा कहींकतै संलग्नता छैन । निर्णय गरेको कुरालाई इन्ट्री गर्ने उहाँको जिम्मेवारी हो ।

पूर्वनासु रामकृष्ण श्रेष्ठलाई पनि सोहीअनुसार काममा लगाइएको र बजेट निर्माणका क्रममा कुनै पनि संलग्नता नरहेको महतले बताए । करका दर र भन्सार दर परिवर्तन गर्ने क्रममा अनधिकृत व्यक्तिहरू संलग्न गराइएको भन्ने कुराको जवाफ जहाँ पनि दिन तयार रहेको महतको भनाइ थियो ।