Monday, January 12, 2026

२०८२ पुष २८, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सोलुखुम्बुको पत्तालेमा व्यावसायिक स्याउ उत्पादन सुरु


सोलुखुम्बुको पत्तालेमा व्यावसायिक स्याउ उत्पादन सुरु

काठमाडौं,करिब छ करोड लगानीमा सुरु गरिएको सोलुखुम्बुको पत्तालेमा व्यावसायिक स्याउ उत्पादन सुरु भएको छ । कोशी प्रदेशका पूर्वमन्त्री अम्बिरबाबु गुरुङलगायत डिल्ली गुरुङ, कृष्ण केसी र यगेन्द्रबहादुर कार्कीले करिब ६ करोड लगानीमा सुरु गरेको स्याउ फार्मबाट उत्पादन सुरु भएको हो।

सोलुदुधकुण्ड नगरपालिका–८, पत्तालेमा एभरेस्ट एग्रो रिसर्च एन्ड टुरिजम डेभलपमेन्ट प्रालिद्वारा १६५ रोपनी क्षेत्रफलमा तीन वर्षअघि स्याउ खेती सुरु गरिएको थियो। यस वर्ष करिब २ हजार ५ सय टन स्याउ उत्पादन भएको बताएको छ। कम्पनीको नाममा रहेको ३६ रोपनी र १२९ रोपनी जग्गा भाडामा लिएर १९ हजार पाँच सय बोट स्याउ रोपिएको छ।

इटालीबाट ल्याइएका फुजी, गाला, किङ्स रोड, रेड डेलिसस जातका स्याउको खेती गरिएको छ। यस वर्ष ३५ प्रतिशत बिरुवामा मात्र स्याउ फलाईएको जानकारी दिइएको छ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ ओखलढुङ्गाद्वारा यस फार्मलाई बिरुवामा ५० प्रतिशत अनुदान उपलब्ध रहेएको छ।