Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

वैदेशिक रोजगारीबाट फर्किएर उद्यम गरिरहेकालाई सम्मान गरिने(सूचना सहित)


वैदेशिक रोजगारीबाट फर्किएर उद्यम गरिरहेकालाई सम्मान गरिने(सूचना सहित)

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी बसेका उद्यमीहरूलाई राष्ट्रिय सम्मान तथा पुरस्कृत गर्ने भएको छ । त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवेदन आह्वान गरेको छ ।

उनीहरूको योगदानको कदर र प्रोत्साहनका लागि ‘विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार कार्यविधि,२०७६’अनुसार पुरस्कृत गर्न लागिएकाले २१ दिनभित्र आवेदन दिन मन्त्रालयले मंगलबार प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

कार्य भिसामा विदेश गई कम्तीमा १ वर्ष काम गरी फर्किएको, वैदेशिक रोजगारीबाट नेपाल फर्की व्यवसाय गरेको एक वर्ष पूरा भएको र विगत ५ वर्षभित्र यस प्रकारको पुरस्कार प्राप्त नगरेकाहरू पुरस्कारका लागि योग्य हुनेछन् ।