Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विश्व वातावरण दिवसः न ह्टयो प्लास्टिकजन्य बस्तु, न थ्रोत्रा गाडीहरु


विश्व वातावरण दिवसः न ह्टयो प्लास्टिकजन्य बस्तु, न थ्रोत्रा गाडीहरु

काठमाडौं, २२ जेठ । ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौ, वातावरणमैत्री विकल्पको उपयोग गरौ’ भन्ने नाराका आज विश्व वातावरण दिवस मनाइँदै छ । प्लाष्टिक प्रदूषणले विश्वमा असर परिरहेको भन्दै यसपालि प्लाष्टिकको प्रयोगलाई रोकथाम गर्न प्ररित गर्ने उद्देश्यले दिवसको नारा तय गरिएको हो । प्लाष्टिक प्रदूषण रोकथाम गर्न भन्दै नेपालले २०७२ सालदेखि नै ४० माइक्रोन भन्दा पातला प्लाष्टिकको प्रयोगमा रोक लगाएको छ ।

तर, यो कार्यान्वयन भने हुन सकेको छैन । नेपालको संविधानमा हरेक नागरिकलाई स्वच्छ वातावरणको मौलिक हकको प्रत्याभूत गर्नुको साथै पीडित पक्षले कानुनबमोजिम क्षतिपूर्ति पाउने व्यवस्था छ । संविधानले स्वच्छ वातावरण मौलिक हकमा राखे पनि नागरिक स्वच्छ वातावरणबाट वञ्चित छन् ।

बढ्दो वातावरण प्रदूषणले मानव स्वास्थ्य मात्र होइन सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा समेत गम्भीर असर परेको छ । यता, वातावरण प्रदूषणको मुख्य जिम्मेवार प्लास्टिकजन्य बस्तु र पुराना गाडीको व्यवस्था हुन सकेको छैन । सरकारले बारम्बार ताकेता गर्दा पनि दुबै विषयको विकल्प खुल्न सकेको छैन । जसले गर्दा प्रत्यक्ष बर्ष वातावरण प्रदुषणको अबस्था भयावह बन्दै गएको छ ।