Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

शेयर कारोबार मापक नेप्से परिसूचक ४६.३३ अंकले घट्यो


शेयर कारोबार मापक नेप्से परिसूचक ४६.३३ अंकले घट्यो

काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक ४६.३३ अंकले घटेको छ । आज एक दशमलव ६४ प्रतिशतले घटेर २७७२.१० विन्दुमा बन्द भएको छ । गत सोमबारयता नेप्से क्रमशः घट्दै आएको छ ।

कुल २४ कम्पनीको मूल्य बढ्यो भने २१७ कम्पनीको मूल्य घट्यो र कुल २ कम्पनीको मूल्य स्थिर रह्यो । आज १ लाख १२ हजार ३४७ पटकको किनबेचबाट १० अर्ब ९ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज २ करोड २७ लाख २६ हजार २८३ कित्ता सेयर किनबेच भए । आज सबै उपसमूहहरु घटे ।