Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

२५ हजार रुपैयाँ घुस रकमसहित नेपाल विद्युत प्राधिकरणका कर्मचारी पक्राउ


२५ हजार रुपैयाँ घुस रकमसहित नेपाल विद्युत प्राधिकरणका कर्मचारी पक्राउ

काठमाडौं । सुनसरीको नेपाल विद्युत प्राधिकरण, इनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार नेपाल विद्युत प्राधिकरणका फोरम्यान विर्जु कुमार महतोलाई २५ हजार रुपियाँ घुस रकमसहित पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार महतोलाई उद्योगमा विद्युत क्षमतावृद्धि गरिदिए बापत सेवाग्राहीसँग सो रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता दाहालले बताएको छ ।