Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दक्षिणकाली नगरपालिकाको प्रशासनिक भवन निर्माण सुरु


दक्षिणकाली नगरपालिकाको प्रशासनिक भवन निर्माण सुरु

काठमाडौं । दक्षिणकाली नगरपालिकाले प्रशासनिक भवन निर्माण सुरु गरेको छ । स्थानीय चिन्ता गणेश परिसरमा जिल्ला समन्वय समिति काठमाडौं र दक्षिणकाली नगरपालिकाको लागत साझेदारी सो भवन बन्न सुरु भएको हो । दक्षिणकाली नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि गत पौष २ गते मेयर मोहन बहादुर बस्नेत र जिसस काठमाडौं प्रमुख सन्तोष बुढाथोकीबीच सम्झौता पत्र हस्तान्तरण सम्पन्न भएको हो । २०८२ असार ७ गतेभित्र निर्माण सम्पन्न हुनेगरी निर्माण सुरु भएको भवनको कुल लागत भ्याटसहित १५ करोड ७७ लाख ९५ हजार १ सय ६२ रूपैयाँ ९८ पैसा रहनेछ । भवन निर्माणको जिम्मा लुना विल्डर्स एण्ड कन्ट्राटरले पाएको छ ।