Monday, September 22, 2025

२०८२ आश्विन ६, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बाजुराको अर्गानिक स्याउ ढुवानीमा सहयोग


बाजुराको अर्गानिक स्याउ ढुवानीमा सहयोग

काठमाडौं,बाजुराको मार्तडी–कोल्टी सडक मर्मत भएसँगै जिल्लाको मल्लो क्षेत्रमा उत्पादन गरिएको अर्गानिक स्याउ बिक्रीका लागि ढुवानीमा अनुदानको व्यवस्था गरेएको छ। बाजुरामा उत्पादन भएको अर्गानिक स्याउ बिक्रीका लागि जिल्लाभन्दा बाहिर लाने गरी पालिका र कृषि ज्ञान केन्द्र बाजुराले ढुवानी अनुदानको व्यवस्था गरेका हुन्।

बाजुरामा उत्पादन भएको अर्गानिक स्याउले नजिक बजार नपाएपछि बाहिर लैजाने तयारी गरिएको स्याउ किसानले बताए। पछिल्लो समय बारीमा स्याउ राम्रो फल्ने गरेको भए पनि बिक्रीका लागि भने निकै समस्या हुने गरेको स्वामिकार्तिक–१, जोरुका स्याउ किसान धनबहादुर रावलले बताए। पछिल्लो समय यहाँका किसानको स्याउ उत्पादनमा निकै चासो बढ्दै गएका बेला उत्पादन भएको स्याउले समयमै बजार नपाउँदा समस्या हुने गरेको रावलले बताए।

मार्तडी–कोल्टी सडक अवरुद्ध भएका कारण बारीमै रोकिएको बाजुराको अर्गानिक स्याउ यति बेला बाहिर लाने तयारी गरिएको कृषि ज्ञान केन्द्र बाजुराले बताएको छ। स्थानीय सरकार ४० र कृषि ज्ञान केन्द्र बाजुरा ४० र कृषकको २० प्रतिशत लगानीमा बाजुरामा उत्पादन भएको अर्गानिक स्याउ बिक्रीका लागि जिल्लाभन्दा बाहिर लाने तयारी भइरहेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरिप्रसाद पनेरूले बताए ।