Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

स्वास्थ्य बीमा कार्यक्रमका लागि ललितपुर महानगर र पाटन अस्पतालबीच सहमति


स्वास्थ्य बीमा कार्यक्रमका लागि ललितपुर महानगर र पाटन अस्पतालबीच सहमति

ललितपुर — ललितपुर महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम मार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्राविधिक सहयोगका लागि पाटन अस्पतालसँगको सहकार्य अघि बढाएको छ । स्वास्थ्य बीमा कार्यक्रम मार्फत् बीमितहरुले अब्बल स्वास्थ्य सेवा प्राप्त गरुन् भन्ने उद्देश्यले महानगरपालिकाले पाटन अस्पतालसँग सहकार्य गरेको मेयर चिरीबाबु महर्जनले बताए ।

सोको लागि बुधबार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र महानगरबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार डा।पारस कुमार आचार्य र मेयर महर्जनले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

‘स्वास्थ्य क्षेत्रको सर्वोत्कृष्ट संस्थासँग सहकार्य गर्दा महानगरले लागू गरेको यो कार्यक्रमबाट धेरै राम्रो उपलब्धि हुने विश्वास लिएको छु,ु उनले भने, ुस्वास्थ्य क्षेत्रमा हामीले गरेको खर्च पुगेको छैन, यसलाई अब हामी बढाउँदै जान्छौँ।’

मेयर महर्जनले महानगरपालिकाले आफ्ना नगरबासीलाई हरेक क्षेत्रमा अब्बल सेवा प्रदान गर्ने प्रयास गरिरहेको बताए । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार डा। आचार्यले महानगरको स्वास्थ्य बीमा कार्यक्रममा उत्कृष्ट स्वास्थ्य सेवा दिने आफूहरुको प्रयास हुने बताए । महानगरपालिकाले १०५ औँ स्थापना दिवसको सन्दर्भमा दुई व्यक्तिलाई बीमा कार्ड प्रदान गरेर स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको थियो ।

महानगरपालिकाले वडाबाट वीमितहरुको तथ्यांक संकलन गर्न दर्ता सहयोगी समेत छनौट गरिसकेको छ । दर्ता सहयोगीले तालिम पश्चात नाम संकलन गर्नेछन् । बीमा कार्यक्रम आउँदो फागुन १ गतेदेखि सम्पूर्णका लागि लागू हुनेछ । बीमा कार्यक्रमबाट पाटन अस्पतालले विशेषज्ञ चिकित्सक सहितको बहिरङ्ग सेवा, आकस्मिक सेवा ,फार्मेसी सेवा, रेडियोलोजी र एम्बुलेन्स सेवा उपलब्ध गराउनेछ ।