Saturday, May 04, 2024

२०८१ बैशाख २२, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

वीरगन्जका मेयर र उपमेयर समर्थकबीच कार्यालयमै कुटाकुट


वीरगन्जका मेयर र उपमेयर समर्थकबीच कार्यालयमै कुटाकुट

काठमाडौं । वीरगन्ज महानगरपालिकामा मंगलबार मेयर र उपमेयरका समर्थकबीच विवाद हुँदा कुटाकुट भएको छ । स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालयले प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापा नेतृत्वमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । कार्यकारी अधिकृतको कार्यालय अर्को भवनमा सरेपछि खाली भएको पुरानो कार्यालय रहेको कोठामा सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा सार्ने विषयमा विवाद भएको थियो ।

महानगर परिसरको दक्षिणपट्टिको भवनको नवनिर्मित तेस्रो तल्लामा केही दिन अगाडि मेयर राजेशमान सिंहको कार्यालय सरेको थियो । मेयर सिंहको कार्यालय सरेपछि उनको पुरानो खाली भएको कार्यालयमा कार्यकारी अधिकृतको कार्यालय सारिएको थियो ।

यसअघि कार्यकारी अधिकृतको कार्यालय उपमेयरको कार्यालयसँग टाँसिएको थियो । कर्मचारीका अनुसार कार्यकारी अधिकृतको कार्यालय सरेपछि खाली भएको कोठामा सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा बनाउने योजना रहेको  थियो । हाल पञ्जीकरण शाखा साँघुरो कोठामा सञ्चालित रहेको छ । कर्मचारी स्रोतका अनुसार उपमेयर इम्तियाज आलमको सचिवालयले कार्यकारी अधिकृत सरेपछि खाली रहेको कोठालाई आफूले प्रयोग गर्ने बताएका थिए ।