Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

तल्लो सेती जलविद्युतमा २५ अर्ब लगानि गरिएको अनुमान एडिबी र जाइकाको चासो


तल्लो सेती जलविद्युतमा २५ अर्ब लगानि गरिएको अनुमान एडिबी र जाइकाको चासो

काठमाडौं, तनहुँमा निर्माण हुने तल्लो सेती जलविद्युत आयोजनामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका र एसियाली विकास बैङ्क एडिबीले चासो देखाएका छन्।हाल एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना निर्माण गरिरहेको तनहुँ हाइड्रोले निर्माण गर्न लागेको उक्त आयोजनामा लगानी गर्न दुवै सहयोगी संस्था सकारात्मक देखिएका हुन्। एक सय २६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत निर्माणका लागि हाल वातावरणीय प्रभाव मूल्याङ्कन इआइएको काम भइरहेको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले बताए।

श्रेष्ठका अनुसार दुई वर्षभित्र तल्लो सेती जलविद्युत आयोजना निर्माणको चरणमा जाने छ। उक्त आयोजनाको लागत २५ अर्ब अनुमान गरिएको छ। तनहुँ जलविद्युत आयोजनाको एक सय ४० मिटर अग्लो कङ्क्रिट बाँधबाट प्राप्त हुने सेती नदीको रेगुलेटेड प्रवाह तथा मादी नदीको थप प्रवाहसमेत प्रयोग गर्न तल्लो तटीय क्षेत्रमा तल्लो सेती जलविद्युत् आयोजना निर्माण गर्न लागिएको श्रेष्ठको भनाइ छ।अन्तर्राष्ट्रिय विज्ञ समूहले वि.सं.२०७८ असार २३ गते डिजाइन पुनरावलोकन प्रतिवेदन बुझाइसकेको छ।

विज्ञ समूहले पेस गरेको आयोजनाको डिजाइनबमोजिम थप केही काम गर्ने तयारी गरिएको छ। आगामी आर्थिक वर्षमा उक्त क्षेत्रमा केही पूर्वाधार निर्माण सुरु हुने छ। भवन बनाउने, बाटो बनाउने, पुल बनाउने काम आगामी आर्थिक वर्षमा नै सुरु गर्ने तयारी गरिएको भण्डारीले बताए।कम्पनीले आयोजनाको विद्युत उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरिसकेको छ। साथै दातृ निकाय एडिबीबाट प्राप्त करिब तीन दशमलव पाँच मिलियन अमेरिकी डलर अनुदान सहयोगबाट आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन तथा बोलपत्रसम्बन्धी काजगातहरु तयार गर्ने परामर्श सेवा खरिदका लागि वाप्कोस भारत निप्पन कोई जापान जेभीसँग वि.सं.२०७५ चैत २९ गते खरिद सम्झौता भएको थियो।

आयोजना अन्तर्गत बन्दीपुर गाउँपालिका ६ र देवघाट गाउँपालिका ३ साराङघाट नजिकै रहेको सेती नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिने छ। पानीको प्रवाहलाई देवघाट गाउँपालिका ३ र ४ हुँदै छ दशमलव आठ किलोमिटर लामो सुरुङद्वारा सेती नदीको सङ्गमदेखि करिब पाँच सय मिटर तल्लो तटीय क्षेत्रमा पर्ने देवघाटस्थित कालीगण्डकी नदीको दायाँ किनारमा बन्ने अर्ध भूमिगत विद्युत गृहमा खसाली विद्युत उत्पादन गर्ने योजना बनाइएको छ। आयोजनाबाट बन्दीपुर गाउँपालिका ६, व्यास नगरपालिका १३ र १४, देवघाट गाउँपालिका २, ३ र ४, ऋषिङ गाउँपालिका १ र ३, आँबुखैरेनी गाउँपालिका ५ र ६, भरतपुर महानगरपालिका २९ का केही भाग प्रभावित हुने छ।

देवघाट गाउँपालिका ४ गाईघाटमा अर्धभूमिगत विद्युत गृहको निर्माण गरी विद्युत उत्पादन गरिने छ। उत्पादित विद्युतलाई तनहुँ जलविद्युत आयोजनाले निर्माण गरेको दुई सय २० केभी दमौली,नयाँ भरतपुर प्रसारण लाइनमा जोडी राष्ट्रिय विद्युत प्रणालीमा समाहित गरिने छ। यसका लागि करिब दुई किलोमिटर प्रसारण लाइनको निर्माण गर्नुपर्छ। अर्धजलाशययुक्त तल्लो सेती आयोजनाको करिब १२ किलोमिटर लामो जलाशय माथिल्लो तटीय क्षेत्र अर्थात बाँधस्थलबाट सुँडेगाउँसम्म विस्तार हुने छ। आयोजनाबाट वार्षिकरुपमा ५२ करोड युनिट विद्युत उत्पादन हुने छ। आयोजनाको अनुमानित लागि २५ अर्ब रहेको छ।