Monday, January 12, 2026

२०८२ पुष २८, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपाल वेयरहाउजिङ कम्पनीले साढे १३ लाख कित्ता शेयर निष्कासन गर्न अनुमति पायो


नेपाल वेयरहाउजिङ कम्पनीले साढे १३ लाख कित्ता शेयर निष्कासन गर्न अनुमति पायो

काठमाडौं,नेपाल वेयरहाउजिङ कम्पनीले साढे १३ लाख कित्ता शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।कम्पनीले सर्वसाधारणका लागि १३ लाख ६५ हजार कित्ता साधारण शेयर अंकित मूल्य १०० का दरमा प्रारम्भिक सार्वजनिक निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट गत बुधबार स्वीकृति पाएको हो।

पहिलो चरणमा कम्पनीले प्रारम्भिक सार्वजनिक निष्काशनको १० प्रतिशत शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी बिदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुलाई छुट्टयाई बाँकी रहेको सर्वसाधारणहरुको लागि निष्काशन गर्नेछ।यस कम्पनीले हालसम्म सुनसरी र पर्सा जिल्लामा ४० हजार मेट्रिक टन क्षमताको साइलो सहितको वेयरहाउस निर्माण सम्पन्न गरि संचालनमा ल्याएको छ।

भने कपिलवस्तु जिल्लामा १५ हजार मेट्रिक टन क्षमताको साइलो जडान भईरहेकोछ र सो समेत पौष महिना सम्ममा संचालनमा आउने छ। यो कम्पनीको प्रमुख उद्देश्य खाद्यान्न भण्डारण गृह निर्माण गरी सो भण्डारण गृहमा कृषकहरुले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नु पर्ने रहेको छ।