Saturday, June 07, 2025

२०८२ जेष्ठ २५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बालुवाटारमा एक अर्ब बढी लागतमा चारतारे होटल–बर्णवस म्युजियम होटल निर्माण हुँदै


बालुवाटारमा एक अर्ब बढी लागतमा चारतारे होटल–बर्णवस म्युजियम होटल निर्माण हुँदै

काठमाडौं, काठमाडौँको बालुवाटारमा एक अर्ब बढी लागतमा चार तारे होटल–बर्णवस म्युजियम होटल निर्माण भइरहेको भएको छ। पर्यटन क्षेत्रमा विगत २० वर्षदेखि काम गर्दै आएका उद्यमी–राजेन्द्र बजगाईंले नेपाली भेषभूषा, कला,संस्कृति झल्काउने गरी बर्णवस म्युजियम होटलको निर्माण गर्न लागेका हुन्। सन् २०२२ को नोभेम्बर महिनासम्ममा होटलको ६२ प्रतिशत निर्माण कार्य सम्पन्न भएको थियो।

सन् २०१८ देखि निर्माण कार्यको सुरुवात भएको होटल सन् २०२१ मा सञ्चालनमा ल्याउने लक्ष्य कम्पनीले राखेको थियो। तथापि कोभिड–१९ का कारण होटल निर्माणमा ढिलाई हुँदा तोकिएको समयमा होटलसञ्चालनमा आउन सकेको छैन। होटल निर्माणका लागि आवश्यक पर्ने कुल लागत ६९ प्रतिशत कर्जामा र ३१ प्रतिशत सेयरधनीहरुको सेयरमा आधारित रहेको छ।

कुल ४८ कोठा भएको होटलमा एक कोठाको निर्माणका लागि २ करोड ३० लाख खर्च हुने निर्माण कम्पनीले बताएको छ।कम्पनीले होटल निर्माणका लागि कुल ५४ करोड ६७ लाख बराबरको कर्जाका लागि रेटिङ गराएको छ। रेटिङ एजेन्सी इक्रा नेपालले ५३ करोड ६७ लाख बराबरको दीर्घकालीन कर्जाका लागि बी रेटिङ गर्दै वाच वीथ नेगेटिभ इम्प्लीकेशनको सूचीमा राखेको छ। यस्तै १ करोड बराबरको अल्पकालीन कर्जाका लागि कम्पनीले ए–४ रेटिङ गरेको उल्लेख छ।