Saturday, May 04, 2024

२०८१ बैशाख २२, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

दशैँमा धुम्न जाने विचारमा हुनुहुन्छ ? रोमाञ्चक यात्राका ६ गन्तव्य [फोटो फिचर]


दशैँमा धुम्न जाने विचारमा हुनुहुन्छ ? रोमाञ्चक यात्राका ६ गन्तव्य [फोटो फिचर]

दसैँमा धेरैले घुमघामको योजना बनाएका हुन्छन् । लामो बिदा हुने भएकाले मानिसहरू लामै यात्रामा निस्कन चाहन्छन् । यदि तपाईंले घुमघामको योजना बनाइरहनुभएको छ, तर गन्तव्य तय भइसकेको छैन भने यी गन्तव्य तपाईंका लागि उपयुक्त हुन सक्छन् :

भोटेकोशी र्‍याफ्टिङ

भोटेकोशी र्‍याफ्टिङ एउटा रोमाञ्चक अनुभव हो । नेसनल जियोग्राफी च्यानलले यसलाई साहसिक जलयात्राका उत्कृष्ट १० गन्तव्यको सूचीमा राखेको छ । सिन्धुपाल्चोकको सुकुटे बिचबाट भोटेकोशीमा र्‍याफ्टिङ गरेर दोलालघाट निस्कन सकिन्छ । झन्डै दुई घन्टा ३० मिनेट अवधिको यो जलयात्राका क्रममा आसपासको प्राकृतिक सुन्दरता नियाल्न पाइन्छ । 

पिके डाँडा

सोलुखुम्बु र ओखलढुंगाको सिमानामा पर्ने पिके डाँडाबाट मौसम खुलेको समय सर्वोच्च शिखर सगरमाथासहित सातवटा हिमालको अवलोकन गर्न सकिन्छ । सूर्योदय र

हिमाल हेर्नका लागि यो डाँडामा ठूलो संख्यामा पर्यटक पुग्ने गरेका छन् । ओखलढुंगा र सोलु दुवै स्थान हुँदै यहाँ पुग्न सकिन्छ । 

मर्दी ट्रेक (हिमाल)

झन्डै एक सातादेखि १० दिनसम्मको यो यात्रा निकै रोमाञ्चक छ । यात्रा अवधिमा माछापुच्छ्रे, मार्दी, अन्नपूर्ण दक्षिण, हिमचुली, अन्नपूर्ण प्रथम, गंगापूर्ण, गन्धर्व चुलीलगायत आधा दर्जनभन्दा धेरै हिमाल नियाल्न सकिन्छ । पोखराबाट २२ किलोमिटर दूरीमा रहेको माछापुच्छ्रे गाउँपालिकाको घलेल हुँदै कालिमाटी तथा सिदिङसम्म जिपयात्रामार्फत पुग्न सकिन्छ । त्यसपछि जंगलको बाटो हुँदै उकालो चढेर मर्दी हिमालको बेसक्याम्प पुग्न सकिन्छ । मर्दी हिमालको बेसक्याम्प ४ हजार ४ सय ५० मिटरमा छ ।

खप्तड 

खप्तड क्षेत्रमा खप्तड बाबाको कुटि, त्रिवेणी नदी, खप्पर दह, शिव मन्दिर, सहस्र लिंग, गणेशस्थान, नागढुंगा, केदारढुंगाजस्ता धार्मिक स्थल छन् । काठमाडौंबाट यहाँको यात्राका लागि १० दिनको समय छुट्याउँदा उपयुक्त हुन्छ । यस क्षेत्रमा विशाल फाँटहरूमा रंगीचगी फूल फुल्छन् । 

थोरङ्ला पास 

समुद्री सतहबाट ५ हजार ४ सय १६ मिटर उचाइमा रहेको थोरङ्ला पास यात्रा निकै रोमाञ्चक छ । योे यात्राका लागि एक साताको समय उपयुक्त हुन सक्छ । 

रारा 

मुगु जिल्लामा समुद्री सतहदेखि तीन हजार मिटर उचाइमा रहेको रारा ताल धेरैको रोजाइमा पर्ने गन्तव्य हो । जंगल र आसपासका मनोरम दृश्य यहाँको आकर्षण हो । यहाँको यात्राका लागि एक हप्ताको समय छुट्याउनुपर्छ । आजको नयाँ पत्रिकाबाट साभार