कर्नाटक । ग्राहकको खल्ती खुकुलो हुँदै गएको बेला देशैभर टमाटरको मूल्य ह्वात्तै बढेका कारण केही किसान तथा व्यापारीले टमाटर बिक्री गरेर मनग्य नाफा कमाउन थालेका छन् ।
अहिले भर्खरैको घटनामा भारतस्थित कर्नाटकको कोलारबाट राजस्थानतर्फ जाँदै गरेको २० लाख मूल्यको टमाटर बोकेको ट्रक रहस्यमय रूपमा बेपत्ता भएको छ ।
भारतीय समाचार रिपोर्ट अनुसार यसपछि समस्यामा परेका व्यापारीहरूले कोलार प्रहरीमा उजुरी दिएका थिए । जसमा भनिएको छ कि जुलाई २७ मा दुई जना व्यापारीले कोलार एपीएमसी यार्डबाट राजस्थानको जयपुरमा टमाटर लैजान ट्रक बुक गरेका थिए ।
थोक बजारमा टमाटरको मूल्य अझै पनि १५ किलोको बक्सामा रु दुई हजारको हाराहारीमा खरिदबिक्री भइरहेको छ जबकि खुद्रामा टमाटरको मूल्य प्रतिकिलो १५० देखि २ सयसम्म बढेको छ ।
टमाटरले भरिएको सो ट्रक शनिबार राति जयपुर पुग्न लागेको थियो जबकि ट्रक गन्तव्यमा नपुगेको र चालकको मोबाइल फोन स्वीच अफ गरिएको छ ।