Sunday, October 12, 2025

२०८२ आश्विन २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

ई–७ भिसामा सीपयुक्त श्रमिक पठाउने कार्यविधिलाई कार्यान्वयन नगर्ने


ई–७ भिसामा सीपयुक्त श्रमिक पठाउने कार्यविधिलाई कार्यान्वयन नगर्ने

काठमाडौं । सरकारले दक्षिण कोरियामा म्यानपावर कम्पनीमार्फत ई–७ भिसामा सीपयुक्त श्रमिक पठाउने कार्यविधिलाई कार्यान्वयन नगर्ने भएको छ । वैदेशिक रोजगार विभागले मंगलबार सूचना सार्वजनिक गर्दै यो कार्यविधिलाई कार्यान्वयन नगर्ने जनाएको हो ।

‘वि टु वि ९निजी क्षेत्र० माध्यमबाट ई–७ भिसामार्फत गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधिलाई कार्यान्वयन नगर्ने भनी निर्देशन प्राप्त भएको हुँदा सम्बन्धित सम्पूर्ण सरोकारवालामा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली -ईपीएस मार्फत अदक्ष श्रमिक पठाउँदै आएको छ । त्यसबाहेक म्यानपावर कम्पनीमार्फत ई–७ भिसाअन्तर्गत सीपयुक्त श्रमिक पठाउने भन्दै श्रम मन्त्रालयले कार्यविधि जारी गरेको थियो ।

दक्षिण कोरियास्थित नेपाली दूतावासमा कार्यविधिबमोजिम रोजगारदाताले मागपत्र पेस गरेको छैन ।