Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपाल—भारत कार्गाे रेल सञ्चालनमा


नेपाल—भारत कार्गाे रेल सञ्चालनमा

काठमाडौं । भारतको बथनाहबाट छुटेको कार्गो रेल नेपाल आईपुगेको छ ।


भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी मोदीले संयुक्त रुपमा उद्घाटन गरेपछि भारतको बथनाहबाट छुटेको कार्गो रेल विराटनगर आईपुगेको हो ।


नयाँदिल्लीस्थित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसबाट दुई देशका प्रधानमन्त्रीले हरियो झन्डा देखाएर कार्गो रेल्वे सेवाको उद्घाटन गरेका थिए ।


विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकीसम्म पुगेको सो मालवाहक रेलमा केही उद्योगका लागि कच्चापदार्थ ढुवानी गरिएको छ । भारतको बथनाहाबाट विराटनगरको आईसीपी रेल्वे स्टेसनसम्म बिछ्याइएको आठ किलोमिटर रेलमार्ग तयारी अवस्थामा छ ।


विराटनगरमा रेल पुगेपछि त्यहाँका बासिन्दाहरुमा हर्षोल्लास छाएको छ । विभिन्न ढुवानी सेवाका साथै यात्रा गर्दा सहज हुने विश्वास प्रकट गर्दै स्थानीय सरकार तथा सरोकारवालाहरुले रेललाई भव्य रुपमा स्वागत गरेका छन् ।

सो रेलमार्ग २०७५ कात्तिक ८ गते रेल सञ्चालनका लागि परीक्षणसमेत भइसकेको छ । बुधबार पनि सो रेलमार्गको पुनःपरीक्षण गरिएको रेल विभागले जनाएको छ ।


बिहीबार उद्घाटन भएपछि सो रेलमार्ग अबदेखी नियमित रुपमा सञ्चालन हुनेछ । यात्रुवाहक रेल भने शीघ्र सञ्चालनमा ल्याउने तयारी छ । यात्रुवाहक रेलका लागि भने कटहरीसम्म रेलमार्ग निर्माण हुनुपर्नेछ । त्यसका लागि पनि आवश्यक तयारी भईरहेको जनाएको छ ।