Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

११ महिनाको अवधिमा वैदेशिक लगानी प्रतिवद्धता ३४ अर्ब ५८ करोड


११ महिनाको अवधिमा वैदेशिक लगानी प्रतिवद्धता ३४ अर्ब ५८ करोड

काठमाडौं, ३ साउन । आर्थिक वर्ष २०७९/८० को साउनदेखि जेठसम्म ११ महिनाको अवधिमा ३४ अर्ब ५८ करोड ४ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता आएको छ । २७४ वटा उद्योगमा उक्त रकम प्रतिवद्धता आएको उद्योग विभागले जनाएको हो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार वैदेशिक लगानी प्रतिवद्धताभन्दा भित्रिएको रकम भने ५ गुणा कम छ । सो आर्थिक वर्षको ११ महिनासम्म ६ अर्ब ४५ करोड ४८ लाख रुपैयाँ मात्रै प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा ४६ अर्ब ७६ करोड ६६ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता आउँदा १७ अर्ब ८७ करोड ८४ लाख रुपैयाँ भित्रिएको थियो । प्रतिवद्धता आएको सबै विदेशी लगानी नआउने गरेको तथ्यांकले देखाउँछ ।

सरकारले विदेशी लगानी स्वीकृत गर्दा लगानीकर्तालाई चरणवद्ध रूपमा (किस्तामा) लगानी भित्र्याउने अनुमति दिएको हुन्छ  । ’यसकारण गत साउनदेखि जेठसम्ममा ३४ अर्बको लगानी प्रतिवद्धता आएकामा ६ अर्ब रुपैयाँ मात्र भित्रियो भनेर गुनासो गरिहाल्न नमिल्ने उद्योग विभागका विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शंकरसिंह धामी बताउँछन् । रकम केही घटे पनि प्रोजेक्टको संख्यामा कमी नआएको उनले बताए ।

विदेशी लगानीको न्यूनतम सीमा ५ करोडबाट २ करोडमा कायम गरिएकाले पनि लगानीमा कमी आएको हुनसक्ने उनको भनाइ छ ।